
काठमाडौँ । बजेटमा विषयमा संसद भवनमा छलफल भैरहेका बेला अनेक प्रकारको दृष्य देखिन थालेको छ । संसदा बोल्ने अधिकांश सांसदहरुले आफ्नो क्षेत्रमा बजेट नपरेको झोक पोखिरहेका छन् ।
कांग्रेस सांसद रामहरि खतिवडादेखि सुनिल शर्मा, ,स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सरकार र मन्त्रीहरुको कडा आलोचना गरेका थिए । उनले त पाँच जिल्ला बोहक अरु जिल्लालाई भारतमा गाभ्न सुझाव समेत दिए जुन कुरा संसदमा निकै विवाददित बन्यो र सभामुख रेकर्डबाट अटाउन लगाउनु पर्यो । यसै क्रममा सत्तारुढ कांग्रेस सांसद पूर्णबहादुर तामाङले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्मा नआउन् भनेर प्रतिनिधिसभाको रोस्ट्रमबाट नै प्रार्थना गरेका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद तामाङले बजेट विनियोजनमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री सिंह र उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आआफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रित गरेको भन्दै आपत्ति जनाएका हुन ।सिंहले काठमाडौं र पौडेलले रुपन्देहीमा मात्रै बजेट केन्द्रित गरको तामाङको भनाइ थियो ।
२०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु,उनले भने ।तामाङले दुवै उपप्रधानमन्त्रीलाई सोधे,यहाँहरूले ३ करोडभन्दा मुनीको बजेट विनियोजन नगर्ने भन्नुभएको होइन, उपप्रधानमन्त्रीहरूले आज काठमाडौं जिल्लामा २ लाखदेखि २ करोडसम्मका १५० योजना छन् । रुपन्देहीमा ७९ वटा हाल्ने ? यसरी चल्छ ? दुवैजना प्रधानमन्त्रीको लाइनमा रहेका तर बजेट विनियोजनमा आफ्नो जिल्लामा मात्रै संकृर्ण बनेको उनको भनाइ थियो ।
उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयका २०७ योजना काठमाडौं जिल्लामा मात्रै राखेको र अन्य जिल्लामा वितरण नगरेको तामाङको भनाइ थियो ।
कांग्रेस नेतासमेत रहेका उपप्रधानमन्त्री सिंहविरुद्ध पार्टीको आगामी महाधिवेशनमा प्रश्न उठाउने पनि तामाङले बताए । तपाईं प्रधानमन्त्रीको लाइनमा रहेको मान्छे अब के हुनुहुन्छ रु राजनीतिमा कहाँ जानुहुन्छ रु यस्तै तरिकाले ७७ जिल्लाको, हामी हो नि महाधिवेशन भएर १५औँमा आउने । त्यतिबेला नाराजुलुस गरिदियो भने तपाईंको इज्जत कहाँ पुग्छ रु तपाईंले काठमाडौं जिल्लालाई मात्रै देख्ने रु, उनले चेतावनी दिए, १५औँ महाधिवेशनमा तपाईंसँग छलफल हुन्छ उनले भने ।