
विदुर । नुवाकोट जिल्लाको लिखु गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ का लागि नीति तथा कार्यक्रम र बजेट पेश गरेको छ । आज आयोजित १७ औं गाउँसभामा गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम र उपाध्यक्ष सुभद्रा अधिकारीले बजेट पेश गर्नुभएको थियो ।

उपाध्यक्ष अधिकारीले पेश गर्नुभएको निमित्त अनुसुूची १ मा अनुसार उल्लेखित चालू खर्च, पूजीगत खर्च र वित्तिय व्यवस्थापनको रकम समेत गरि जम्मा रु ४९ करोड छत्तिस लाख बैसठ्ठी हजारको बजेट रहेको छ । उक्त बजेट विनियोजन(१) को ऐनद्धारा सञ्चित कोषबाट खर्च खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२।०८३ को निमित्रगाउँपालिकाको वडा समिति,विषयगत समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यको निमित्त विनियोजन गरिने छ ।

गाउँसभामा अध्यक्ष श्रेष्ठको सभाध्यक्षतामा उपाध्यक्ष शुभद्रा अधिकारी मार्फत पेश गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तब्य, बिनियोजन बिधेयक(२०८२, न्यायिक समितिको वार्षिक प्रतिवेदन र राजस्व परामर्श समितिका संयोजक नरहरि पाण्डेबाट पेश गरिएको आर्थिक बिधेयक र लिखु गाँउपालिका(३ स्थित सिमलचउरमा मल्टी कोल्डु स्थापना र पालिकाको केन्द्र परिवर्तन गरेर वडा नं ४ गड्खारमा स्थान्तरण गर्ने विशेष प्रस्ताव गाउँसभा मार्फत सर्वसम्मत एंव बहुमतबाट पास भएको छ ।
गाउँपालिकाले यस वर्षका नीति ताथ कार्यक्रममा कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य लगायतका क्षेत्रका लागि बजेट विनियोजन गरेको छ । यस्तै गाउँपालिकाको भवन निर्माणका लागि पनि बजेट विनियोजन गरिएको छ ।