
Oplus_0
विदुर । नुवाकोट जिल्लाको विदुर नगरपालिकाले १७ औं नगरसभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८२।०८३ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका मेयर राजन श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम र उपमेयर प्रभा बोगटीले बजेट पेश गर्नुभएको छ । उपमेयर बोटीले आगामी आर्थिक वर्षका लागि १ अर्ब १३ करोड ८१ लाख ४३ हजार ४ सय ४७ रुपयाँको बजेट पेश गर्नुभएको छ ।
उपमेयर बोगटीले पेश गर्नुभएको बजेटमा संघीय सरकारबाट प्राप्त हुने वित्तिय, समानीकरण अनुदान,ससर्त अनुदानसहित प्रदेश सरकारबाट प्राप्त विन्नि प्रकारका अनुदानसहित नगरपालिकामा प्राप्त हुने कर तथा राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम समेत जोडिएको छ । उक्त बजेट विनियोजन(१) को ऐनद्धारा सञ्चित कोषबाट खर्च खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२।०८३ को निमित्गात्त नगरपालिका,वडा समिति,विषयगत समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यको निमित्त विनियोजन गरिने छ ।
मेयर श्रेष्ठले नीति तथा कार्यक्रम सार्वजनिक गर्दैगर्दा सहमति जनाएको नेकपा एमालेका प्रतिनिधिहरुले उपप्रमुख प्रभा बोगटीले बजेट भाषण गर्दा भने बिचमा नै अवरोध सिर्जना गरेको थियो । सभाहलमा नै प्रतिनिधिहरुले नाराबाजी गर्दै विरोध जनाइरहँदा नगरप्रहरीले सुरक्षा दिएका थिए । नगरप्रहरीको सुरक्षा घेरा समेत तोडेर माइक मिल्काइ दिएपछि भने नगरसभा स्थगित भएको छ । नगरसभाको तेस्रो बैठक असार २० गते शुक्रबार बस्ने गरि स्थगित भएको छ । केन्द्रदेखि प्रदेशसम्म दुई दलीय सहमतिमा सरकार सञ्चालन भईरहेको भएपनि नुावकोटमा भने नेकपा एमालेले कांग्रेस नेतृत्वमाथि विश्वास गरेको देखिएन ।
कार्यपालिका जस्तो गरिमायम स्थानमा बजेट भाषण भैरहेका बेला एमालेबाट भएको यस्तो प्रकारको कार्यप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका एक नेताले भने, यो एमालेको अलोकतानित्रक चरित्र हो,यस्ता चरित्रले लोकतन्त्र बलियो हुँदैन । एमालेका नोतहरुले भने सहमति विपरित बजेट आएको भन्दे विरोध जनाएको दावी गरेको छ ।
यसअघि मेयर श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै नगरपालिकालाई आम नगरबासीले मेरो नगरपालिका हो भन्ने प्रत्याभुत गराउने प्रतिवद्धतासाथ आफूहरु अगाडि बढेको उल्लेख गर्नुभयो । मेयर श्रेष्ठले पेश गर्नुभएको कार्यक्रममा जनगुनासो सुन्न तथा त्यसको समाधानका लागि हेरो मेयर कार्यक्रम, उपमेयरसँग युवा कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
यस्तै पादर्शीता र शुसाशन कायम गर्नका लागि मेयर प्रमुख प्रशासकिय अधिकृत तथाप्रमुख प्शासयिक अधिकृ र विभागीय प्रमुखबीच कार्यसम्पाद सम्झौता गर्दै कर्मचारीहरुलाई कामप्रति जिम्ेमवार बनाउने र राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डको व्यवस्था गर्ने पनि कार्यक्रममा उल्लेख गर्नुभएको छ । यस्तै सार्वजनक सुनुवाईका कार्यक्रम मार्फत नगरको कामलाई थप पारदर्सी र व्यवस्थित बनाउने पनि कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै नगरपालिकाका कर्मचारीको सरुवाका विषयमा पनि मापदण्ड तयार गरिने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा सार्वजनिक बिदाका दिन पनि सरसफाइ सडक निर्माण लगायतका अत्यावश्यक कामलाई अघि बढाईने उल्लेख गरिएको छ ।
यस्तै सुशासनका लागि वडा कार्यलयमा रहेका पुराना फाइलहरुलाई विद्युतीय रुपा अघि बढाइने पनि कार्यक्रममा उल्लेख गरिको छ । यस्तै सूचनाको हक सम्बिन्ध अधिकारका लागि परिपालना गर्दै स्थानीय एफएम तथा पत्रपत्रिकाबाट सन्देशमुलक सूचना तथा सन्देशहरु प्रवाह गरिने,विदुर नगरपालिकाको प्रशासयिक भवन सञ्चालनमा आएको अवस्थामा सबै शाखाहरुलार्य व्यवस्थित रुपमा अघि बढाईने उल्लेख गरिएको छ । यस्तै नगरपालिकामा कार्यरत कर्मचारीहरुले स्वास्थ्य बिमा सहभागि हुन चाहेमा ५० प्रतिशत अनुदान प्रदान गर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ ।
कार्यक्रममा दक्ष इमान्दार र कार्यसम्पादनमा उत्कृष्ट कर्मचाारीलाई सम्मान गरिने,नगर प्रहरीको कार्यसम्पादनलाई चुस्त र दुरुस्त बनाउन ओकेटोकेको व्यवस्था गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ । नागरिकलाई नगरको बासिन्दा हु भन्ने सोच विकास गर्न राजश्व सबनिध सूचना तथा जानकारी गराउने ,बजारको सौन्दर्यलाई कायम राख्दै विज्ञापनदर निर्धारण गरिने पनि कार्यक्रममा उल्लेख गरिएको छ । सम्पत्ति कर बहाल करको दायर बढाउनका लागि करको दरमा छुट दिने पनि कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै लामो समय कर नतिर्ने करदाताको अभिलेख सार्वजनिक गरिने पनि कायृक्तममा उल्लेख गरिएको छ । सबैलाई एकिृत गरि राजश्पव बढाउने पपनि कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाभित्र सबैभन्दा बढि कर तिर्ने करदाता र उत्कृष्ठ उद्योगीलाई सम्मान गर्ने पनि कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै व्यापार प्रवद्धको नीति लिने र फजुल र अनुत्पादन खर्च कटौटी गर्ने लगायतका महत्वकाँक्षी कार्यक्रम मेयर श्रेष्ठले पेश गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।