
विदुर । नुवाकोट जिल्लामा ४ जिपिए ल्याउने अर्का एक जना विद्यार्थी थपिएका छन् । नुवाकोटकै तादी गाउँपालिकास्थित युर्निभर्सल बोडिड. स्कुलका छात्र दिप्सन सुवेदीले ४ जिपिए ल्याउन सफल भएका छन् ।
योसँगै नुवाकोटमा ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ४ पुगेको छ । यसअघि पृथ्वीका योगेश्वर आचार्य, अर्किडका रोहित श्रेष्ठ र किसपाड.को जनज्योतिका बसन्त भट्टले ४ जिपिए ल्याएका छन् ।