
नतिाजमा जिल्लाकै उत्कृष्ट ः जिल्ला सदरमुकाम विदुरमा रहेको पृथ्वी माध्यमिक विद्यालयबाट २०८१ मा एसइई दिएका विद्यार्थीहरु उक्त विद्यालयमा अध्ययनरत योगेश्वर आचार्यले ४ जिपिए ल्याउन सफल भएका छन् भने ५७ जनाले ए प्लस ल्याउन सफल भएका छन् । २८ जनाले ए, ५ जनाले बी प्लस र १ जना नन ग्रेडिड.रहेको प्रधानाध्यापक बाबुराम लामिछानेले जानकारी दिनुभएको छ ।
विदुर । राजधानीसँग जोडिएको नुवाकोट जिल्लामा समग्र एसइईको नतिजा सन्तोषजनक आएको छ । शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका अधिकृत सम्झना थपलीयाले दिनुभएको जानकारी अनुसार समग्रमा जिल्लाले सन्तोषजनक नतिजा ल्याउन सफल भएको छ । उहाँका अनुसार ४ जनाले ४ जिपिए ल्याउन सफल भएका छन् भने ३ जनाले ३.९६ ल्याएका छन् । यस्तै १२ जनाले ३.९५ जिपिए ल्याउन सफल भएका छन् ।
समुदायिक विद्यालयमध्ये जिल्ला सदरमुकाम विदुर २ मा रहेको पृथ्वी माध्यमिक विद्यालय र किस्पाड.मा रहेको जनज्योति मावि बाट दुई जनाले ४ जिपिए ल्याउन सफल भएका छन् ।
यस्तै १५११ जना भने नन ग्रेडिड.मा परेका छन् । यो भनेको फेल हुनु हो । जिल्लाभरका १५० माध्यमिक विद्यालयबाट नियमिततर्फ ३६७० विद्यार्थीले परीक्षा दिएका थिए । ग्रेडिड.का लागि परीक्षा दिएका विद्यार्थीको तथ्याड्. भने आइनसकेको उहाँले जानकारी दिनुभयो ।
यसवर्ष देशभरबाट ६१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । जसलाई प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शिक्षाविद् वुद्धिजिविहरुले सतोषजनक रुपमा लिएका छन् । तर उनीहरुले अझै गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।