
– शुकदेव दाहाल
विदुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ४८ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकहरुलाई किन तलब बढाउने भनेर प्रश्न गरेको ६ महिना पछि प्रकाशित भएको माध्यमिक तह एसइई परीक्षामा बेलकोटगढीका सामुदायिक विद्यालयको नतिजा ६४ प्रतिशतमा पुगेको छ । शुक्रबार प्रकाशित भएको नतिजा अनुसार बेलकोटगढी नगरपालिकाभित्रका १९ विद्यालयको समग्र नतिजलाई हेर्दा ६४.२९ प्रतिशत विद्यार्थी ,ग्रेडेड, भएका छन् । बेलकोटगढी नगरपालिका शिक्षा शाखाले दिएको जानकारी अनुसार नगरपालिकाभित्रका १९ विद्यालयबाट ५२१ विद्यार्थीले परीक्षा दिएकोमा ३३५ विद्यार्थी ,ग्रेडेड, भएका छन् ।
यस्तै नगरपालिकाभित्रका विद्यालयहरुमध्ये वडा न ८मा रहेको कल्याणीदेवी मावि पहिलो भएको छ । कल्याणीले ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । कल्याणीमा ३४ जनाले एसईई दिएकोमा ३२ जना ,ग्रेडेड, भएका छन् । कल्यार्णीमा सामाजिक रुपमा समेत परिचित रहेका श्याम कुमार पुडासैनीले व्यवस्थापन समितिको अध्यक्षमा रुपमा कार्यकाल समालेको पहिलो वर्षमा र्नै विद्यालयको नतिजा उत्साहजनक आएको छ । उनी गत वर्ष भएको व्यवस्थापन समितिको निर्वाचनमा सबैभन्दा बढि मत ल्याएर निर्वाचित भएका थिए ।
यस्तै दोस्रोमा वडा नं ११ मा रहेको पञ्चकन्या माध्यमिक विद्यालय भएको छ । उक्त विद्यालयले ९३ प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ । पञ्चकन्यामा ४७ जना विद्यार्थीले परीक्षा दिएकोमा ४४ जना उत्तीर्ण भएका छन् । पञ्चकन्यामा प्रधानाध्यापक ठाकुर पाण्डेको प्रशासनिक नेतृत्वसँगै विद्यालयले छलाड. मारेको छ ।पाण्डे गत वर्ष मात्रै स्थायी नियुक्ति लिएर प्रअ भएका छन् । उनी गणित शिक्षक हुन् ।
यस्तै तेस्रोमा आरुखर्च मावि भएको छ । आरुखर्कले ९२ प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ । उक्त विद्यालयमा १३ जना विद्यार्थीले परीक्षा दिएका थिए । महामाया मावि वडा ९ ले ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । महामाया माविमा १२ जनाले परीक्षा दिएका थिए । बेलकोटगढीकै वडा नं ४ मा रहेको पञ्चासे मावि पाँचौ भएको छ । पञ्चासेमा २७ जना विद्यार्थीले परीक्षा दिएकोमा २२ जना उत्तीर्ण भएका छन् । यसको प्रतिशमा हिसाव गर्दा ८१.४८ हुन आउँछ ।
यस्तै छैटौंमा माहादेव मावि महादेवफाँट भएको छ । महादेवमाविले ७८तिशत विद्यार्थी उत्र्तीर्ण गराउन सफल भएको छ । महादेव माविमा ४६ जनाले एसईई दिएकोमा ३६ जना ,ग्रेडेड, भएका छन् । यस्तै सबैभन्दा कम शिलादेवी माविले जम्मा दुई जना विद्यार्थीलाई मात्रै उत्तीर्ण गराउन सकेको छ ।
शिलादेवीमा २१ जनाले एसइई दिएका थिए । तर शिलादेवी भन्दा अझ चण्डादेवी मावि निल भएको छ । चण्डादेवीमा ४ जनाले परीक्षा दिएकोमा सबैको एनजी आएको छ । यस्तै सुर्यमती माविले ७३ प्रतिशत विद्यार्थी उत्रीर्ण गराएको छ । नवौंमा वडा न ५ मा रहेको महादेव मावी परेको छ । कामरु माविले ६३ प्रतिशत विद्याथी उत्तीर्ण गराउँदै उत्कृष्ट १० विद्यालय भित्र नाम लेखाउन सफल भएको छ । कामरुले ३० जनामा १९ जनालाई उत्तीर्ण गराउन सकेको छ । महादेव माविले ३३ जनामा २० जनालाई मात्रै उत्र्तीण गराउन सकेको छ ।
वडा नं ६ मा रहेका मालिका माविले ४७ प्रतिशत र गौलिड्गेश्वरले माविले ५२ प्रतिशत विद्यार्थी उत्रीर्ण गराएको छ । बेलकोटगढी १० मा रहेको निरञ्जना माविले ६० प्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । शक्ति माविले ५० प्रतिशत उत्तीर्ण गराएको छ । शक्तिमा १४ जनाले एसईई दिएका थिए । वडा नं २ मा रहेको विरेन्द्र माविले ३३ प्रतिशत उत्तीर्ण गराएको छ । विरेन्द्रमा ३३ जनाले परीक्षा दिएकोमा ११ जना मात्रै उत्तीर्ण भएका छन् । वडा नं १२ मा रहेको भृकुटी माविले १६ प्रतिशत मात्रै उत्तीर्ण गराएको छ । भृकुटीमा ६ जनाले परीक्षा दिएकोमा १ जना मात्रै ,ग्रेडेड, भएका छन् । समग्र नगरपालिकाको नतिजा सकारात्मक आएको बेलकोटगढी नगरपालिकाले जनाएको छ ।