
कुनै बेला एसएसली उत्र्तीर्ण गर्ने कूरा ,फलामको चिउरा, चपाउनु जस्तै थियो । विद्यार्थीहरुले एसएलसी परीक्षा उत्र्तीर्ण हुनुलाई ठुलो गौरवको विषय बनाईन्थ्यो । तर अहिले त्यस्तो ठुलो गौरवको विषय त बन्दैन तर विद्यार्थी र अभिभावकमा भने त्यसको महत्व उस्तै छ । अहिले एसएलसीबाट एसईई भएको छ ।
एसईईको अर्थ ग्रेडिड. सिस्टमा भएकाले बोर्ड प्रथम, द्धितिय हुने भन्दा पनि कसले कति जिपिए ल्यायो भन्ने मापन हुनाले समान जिपिए ल्याउने सबै उत्कृष्ट हुन भन्ने परिभाषा गरिन्छ । यसले विद्यार्थीहरुमा बोझ कम भएको पनि छ ।
यस सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार यस वर्षको नतिजा प्रकाशित गरेको छ । यस वर्षको नतिजामा गत वर्षमा भन्दा केही सुधार आएको छ । एसइईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएका छन् । जुन गत वर्षभन्दा ९ प्रतिशतको वृद्धि हो । यो वर्ष नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
जसअनुसार ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ । त्यस्तै, ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २.० देखि २.४ जिपिए ल्याउने ४ हजार १२६ जना, र १.६ देखि २.० जिपिए ल्याउने ८ जना मात्र रहेको बोर्डले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी फेल हुँदैनन् र हुनुहुदैनन् भन्ने उदेश्ये शिक्षकले पढाउनुपर्ने बताउनु भएको थियो । तर प्रधानमन्त्रीले भनेजस्तै त भएन तर गतवर्षभन्दा नतिजामा केही सुधार भने भएको छ ।
मुख्य त संस्थागत विद्यालयका नतिजा सरदर ८० माथि नै रहेको पाइएको छ । यसमा सामुदायिक विद्यालयको नतिजालाई मात्रै छुट्याएर हेर्ने हो भने ५० देखि ६० प्रतिशतकै हाराहारीमा मात्रै पुगेको अवस्था छ । यसले अझै सामुदायिक विद्यालयमा सुधारको आवश्यकता छ भन्ने देखाएको छ । सरकारले यो वर्ष कुनै पनि हालतमा शिक्षा विधेयक ल्याउने र विद्यालय शिक्षालाई व्यवस्थित गर्ने भन्दै लागिपरिरहेको छ । यो सम्पादकीय तयार हुँदै गर्दासम्म यसमा सहमति भैसकेको त छैन तर धेरै विषयहरु सहमतिका नजिक पुगेका छन् । अब पहिलो कुरा सरकारले विद्यालय शिक्षालाई व्यवस्थित गर्नेपर्दछ भने यसलाई प्राविधिक रुपमा पनि ढाल्न जरुरी छ । यो सँगै स्थानीय रुपमा पनि खुलेका प्राविधिक कलेजहरुलाई पनि सरकारले व्यवस्थित गर्नै पर्दछ नत्र विद्यार्थीहरु राजधानी केन्द्रित हुने परम्पराको विकास हुँदै आएको छ ।
अर्कोतर्फ उत्तीर्ण विद्यार्थीहरुमा कक्षा ११ मा भर्ना हुँदै गर्दा कुन विषय लिएर पढ्ने र कस्तो क्याम्पस पढ्ने भन्ने निकै चासो देखिन्छ । यो विद्यार्थीसँग अभिभावकमा पनि परेको देखिन्छ । कतिपयले देखासिखी गर्ने गरेको पनि विगतमा देखिएको छ । यसले विश्वविद्यालयसम्म पुग्दा उसले अध्ययन नै छाड्नुपर्ने हुन्छ । अहिले पनि एसइई गरेको विद्यार्थीहरु विश्वविद्यालय तहमा पुग्दा ३० देखि ४० प्रतिशतमा मात्रै खुम्चने गरेको तथ्याड्.कहरु आउने गरेका छन् । यसले दक्ष जनशक्ति उत्पादनमा बन्देज हुँदै आएको छ ,यसतर्फ पनि ध्यान दिएर आफ्नो क्षमता अनुसारको विषय लिएर उत्कृष्ट अंक ल्याउने सके त्यसबाट भविष्य सुरक्षित बनाउन सकिन्छ भन्ने बुझ्न जरुरी छ ।
यस्तै अबको शिक्षा प्राविधिक शिक्षा हुनुपर्दछ भन्ने विश्वव्यापी मान्यता ले स्थान पाउँदै आएको छ । तर हाम्रो मुलुकमा स्नाकोत्तर तह गरेका विद्यार्थीहरुले प्राविधिक रुपमा सामान्य भन्दा सामान्य ज्ञान पनि प्राप्त गरेका हुँदैनन् । उनीहरुसँग डिग्री गरेको प्रमाणपत्र बाहेक अन्य सिप नहुँदा भनेजस्ता काम नपाउने र अन्य प्राविधिक क्षमता पनि नहुँदा उ बेरोजगार बन्ने र अन्त्यमा फष्टेसनमा जाने अवस्था पनि हुन्छ । त्यसैले सुरु देखि नै प्राविधिक विषयतर्फ पनि विद्यार्थीहरुले ध्यान दिनु जरुरी छ । अन्त्यमा, यसवर्ष एसइई गर्नुभएका सबै विद्यार्थी भाई बहिनीहरुलाई उच्च सफलताको हार्दिक शुभकामना ।