
काठमाडौँ, असार १८ गते । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बुधबार पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा विभिन्न १३ वटा एजेण्डाहरुमा छलफल भइरहेको छ ।
पार्टीका भ्रातृ सङ्गठनहरुको अधिवेशन, १०० दिने पार्टीको अभियान, विदेशस्थित सम्पर्क मञ्च, सरकार र संघ र प्रदेश सरकारले ल्याएको बजेटको समीक्षा, सामाजिक, राजनीतिक विषयवस्तुहरुमा समीक्षा भइरहेको छ । केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।
कांग्रेस पदाधिकारी बैठकले विनिन्न १३ ओटा एजेण्डा तयगरेको थियो । सोही विषयमा छलफल भैरहेको पार्टी केन्द्री कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा संस्थापनइतर समूहले सरकार प्रभावकारी रुपमा अघि बढ्न नसकेको गुनासो गर्दै आएका छन् भने संस्थापन पक्षले सरकारको बचाउ गर्दै आएको छ ।