
काठमाडौं, १८ असार । महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन खुला गरेको छ।
महानगरपालिकाको शिक्षा विभागले आज (बुधबार) सूचना जारी गरी शैक्षिक सत्र २०८२र०८३ का लागि छात्रवृत्ति प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको हो। इच्छुक विद्यार्थीले बुधबारदेखि नै अनलाइन आवेदन फाराम भर्न सक्नेछन्।

आवेदन दिने अन्तिम मिति असार २७ गतेसम्मको लागि तोकिएको छ। छात्रवृत्तिका लागि छनोट परीक्षा आगामी साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। अनलाइन फारममा ने विद्यार्थीले आफूले चाहेको विषय र कलेज बारेमा पनि खुलाउन् पर्ने छ । प्रवेश परीक्षामा उत्तीर्ण विद्यार्थीले निःशुल्क रुपमा पढ्न पाउने छन् । छात्रवृत्तिका लागि जुनकसुकै जिल्लाबाट पाश भएको भएपनि आवदेश दिन सकिने छ ।