
काठमाडौँ — नेप्से परिसूचक ९.१४ अंकले बढेको छ । शून्य दशमलव ३३ प्रतिशतले बढेर २७ सय ३ दशमलव ८६ विन्दुमा उक्लिएको छ । पछिल्ला पाँच कारोबार दिन यता नेप्से निरन्तर बढीरहेको छ ।
कुल १२२ कम्पनीको सेयर मूल्य बढ्यो भने १२५ कम्पनीको मूल्य घट्यो ।
कुल ९६ हजार ४११ पटकको कारोबारबाट २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर किनबेच भएको छ । नेप्सेका अनुसार ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उपसमूह घट्यो । सबैभन्दा बढी जिवन बिमा ३४५।८८ अंक र निर्जीवन बिमा २७९।१९ अंकले बढेको छ ।
नेपाल फाइनान्स कम्पनीको ९।९८, खानीखोला हाइड्रोपावरकफ ७।१७, समृद्धि फाइनान्स कम्पनीको ७।०८, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ६।७८ र सयपत्री हाइड्रोपावरको ६।५७ प्रतिशतले सेयर मूल्य बढ्यो ।