
विदुर । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालीकाले आगामी वर्षदेखि एसइईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई १ लाख नगदसहित सम्मान गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले आगामी वर्षबाट एसईई परीक्षामा ४.० जीपीए ल्याउने विद्यार्थीलाई गाउँपालिकाबाट प्रतिव्यक्ति रु १ लाख र ती विद्यार्थी अध्ययनरत विद्यालयका प्रधानाध्यापकलाई व्यक्तिगत रुपमा रु ५० हजार नगद पुरस्कार दिने घोषणा गरेका छन्।
पञ्चकन्या गाउँपालिकामा आयोजित गाउँपालकालाई निःशुल्क गाउँपालिका भएको घोषणा कार्यक्रममा अध्यक्ष तामाङले उक्त घोषणा गरेका हुन्। ‘४ जीपीए ल्याउने एकजना भए पनि, १० जना भए पनि, सबैलाई पुरस्कार दिइनेछ,’ कार्यक्रममा तामाड.ले भने , ‘विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट १ लाख र प्रधानाध्यापकलाई म व्यक्तिगत रूपमा ५० हजार दिन्छु।’
यस वर्ष नुवाकोटबाट ४ जनाले ४ जिपिए ल्याउन सफल भएका छन् । विदुर नगरपालिकाबाट २ जना,किस्पाड.बाट एक जना र तादीबाट एक जनाले ४ जिपिए ल्याएका छन ्। दुई जना सामुदायिक विद्यालयमा अध्ययनरत छन् भने दुई जना संस्थागत विद्यालयमा अध्ययनरत छन् ।
अध्यक्ष लामाले पुरस्कार गाउँपालिकाको कोषबाट नभई आफ्नै तर्फबाट उपलब्ध गराउने भन्दै सम्पूर्ण विद्यालय र विद्यार्थीलाई तयारीमा जुट्न अनुरोध समेत गरे । ‘यो रकम हामी उपलब्ध गराउँछौं भनेर सम्झनुहोस्, विश्वास गर्नुस्,’ तामाड.ले भने
उक्त अवसरमा पञ्चकन्या गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तहको रूपमा औपचारिक घोषणा गरिएको छ। गाउँपालिकामा आयोजित कार्यक्रमका बीच गाउँपालिकामा निःशुल्क शिक्षा लागू भएको घोषणा गरिएको हो। प्रतिनिधिसभा सदस्य तिबहादुर तामाड.को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमा प्रमुख अतिथि तामाड.ले गाउँपालिकामा निःशुलक शिक्षा लागूभएकोमा खुशी व्यक्त गर्दै विद्यालय जाने उमेर समूहका बालबालिकालाई विद्यालय पाउठन आग्रह समेत गरेका थिए ।