
विदुर । नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकास्थित वडा नं७ कुटुङखोला बस्ने एक युवको शव १७ दिनपछि भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले दिनुभएको जानकारी अनुसार असार ३ गते दुप्चेश्वर गाउँपालिका वडा नं ७ कुटुङखोला बस्ने २६ वर्षीय नोनो शेर्पा घर भन्दा २ सय मिटर तल रहेको तादी खोलामा पौडी खेल्न जाने क्रममा खोलाले बगाई बेपत्ता भएकोमा खोजतसालका क्रममा आज असार २० गते बिहान १० बजेको समयमा दुप्चेश्वर गाउँपालिका वडा नं.६ टटले स्थित तादी खोलाको बगरमा मृत अवस्थामा फेला हो ।
लाश सडेर गलेको अवस्थामा फेला परेको र शवका विषयमा घटनास्थलमा लाशजाँच प्रकृती मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानको कार्य गरी मृत शव पोष्टमार्टमको लागि त्रिशूली अस्पालमा लगिएको र घटनाको सम्बन्धमा थप अनुसन्धानको कार्य भई रहेको प्रहरीले जनाएको छ ।