
२१ असार, काठमाडौं । नेपाली हाँस्यव्यङ्ग्य सिरियल मेरी बास्सैकी कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा आमा) को निधन भएको छ ।
श्रेष्ठको शुक्रबार राति निधन भएको थियो ।
श्रेष्ठ ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिकामा थिइन् । उनको यो भूमिका धेरै रुचाइएको थियो ।श्रेष्ठ लामो समयदेखि स्तन क्यान्सर पीडित थिइन् । उनकै आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई अन्तिम श्रद्धाञ्जली दिनका उनका पशुपति आर्यघाटमा आफन्त तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।