
उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्दै बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्साद दाहाल, साथमा वडा अध्यक्ष प्रकाशज.ग पाण्डे तथा विद्यालयका प्रधानाध्यापक ठाकुर पाण्डे, तस्बिर ः पञ्चकन्या माध्यमिक विद्यालय
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकास्थित वडा नं ११ ले आफ्नो वडाबाट उत्कृष्ट अंककासाथ एसइई परीक्षा उत्तीर्ण गर्ने विद्यार्थी,विद्यालय र शिक्षकलाई सम्मान गरेको छ ।
वडा कार्यालयले आफ्नो वडा भित्र रहेको पञ्चकन्या माध्यमिक विद्यालयबाट एसईई परीक्षा २०८१ मा उत्कृष्ट अंक (जिपिए) कासाथ प्रथम, दितिय र तृतीय स्थान हालि गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।

विद्यालयका प्रधानाध्यापक ठाकुर पाण्डेले दिनुभएको जानकारी अनुसार उक्त विद्यालयबाट एसईई परीक्षा २०८१ मा प्रथम स्थान हासिल गर्ने प्रनिस नेपाल((३.६५) दोस्रो स्थान हासिल गर्ने मन्दिप पाण्डे (३.६०) र तेस्रो र चौथो स्थान हासिल गर्ने सुजिना लामा (३.४२) र चौथो स्थान हासिल गर्ने सृष्टि लामा ( ३.३९) लाई सम्मान गरेको छ । विद्यार्थीहरुलाई नगदसहित सम्मानपत्र द्वारा सम्मानित गरिएको छ ।

त्यस्तै ४७ जना विद्यार्थी सहभागीमध्ये शतप्रतिशत उत्तीर्ण गराउने अनिवार्य नेपाली शिक्षिका प्रमिला रेग्मी,सामाजिक अध्ययन शिक्षिका माया अधिकारी,कार्यालय सञ्चालन तथा लेखा शिक्षिका सरस्वती श्रेष्ठ र अतिरिक्त गणित शिक्षिका सविता भट्ट र अतिरिक्त अर्थशास्त्रका शिक्षक श्रीराम नेपाल,समीर तामाङ्ग र अप्सरा ढकाललाई पनि सम्मान गरिएको छ । शिक्षकहरुलाई खादासहित सम्मानपत्र र ब्याग समेत प्रदान गरिएको छ । यस्तै विद्यालयका प्रधानाध्यापक ठाकुर पाण्डेलाई पनि विद्यालयलाई उत्कृृष्ट नतिजा दिलाउन महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै वडा कार्यालयले सम्मान गरेको छ ।
कार्यक्रममा बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले वडा कार्यालयको तर्फबाट उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गर्नुभयो । कार्यक्रममा उपमेयर दाहालले सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा छैन भन्नेहरुलाई पञ्चकन्या माविले गतिलो जवाफ दिएको बताउनुभयो ।
उहाँले नगरपालिकाले शिक्षाको विकासका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै उत्कृष्ट नतिजा प्राप्त गराउन लागिपर्ने प्रधानाध्यपाक ,शिक्षक तथा विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभयो । कांग्रेस नेता समेत रहनु भएका दाहालले आगामी दिनमा शतप्रतिशत नतिजा ल्याउने गरि काम गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रमम विशेष अतिथिका रुपमा बोल्दै बेलकोटगढी वडा नं ११ का निवर्तमान वडा अध्यक्ष रामहरी पाण्डेले विद्याललयले प्राप्त गरेको नतिजाप्रति खुशी व्यक्त गर्दै उत्कृष्ट विद्यार्थीहरुलाई बधाई दिनुभएको थियो ।

बेलकोटगढी वडा नं ११ का वडा अध्यक्ष प्रकाशजंग पाण्डेको सभापत्विमा भएको कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष व्यवस्थापन समितिका पदाधिकारीहरू वडा सदस्यहरू, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । स्मरणीय छ पञ्चकन्या माविले बेलकोटगढीमा दोस्रो उत्कृष्ट विद्यालयको रुपमा नाम लेखाउन सफल भएको छ । उक्त विद्यालयबाट ४७ जनाले एसईई दिएकोमा ४४ जना अर्थात ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ ।