
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेको गठबन्धन सरकार पूरा समय चल्ने बताउनु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको सोमबार समापन गर्दै देउवाले दुई ठूला दलबीच गठबन्धन भएकाले समस्या आउने तर त्यसलाई समाधान गरेर लैजाने उल्लेख गर्नुभयो । ‘यो गठबन्धन पूरा–पूरा समयसम्म जान्छ, हामीसँग समस्याहरू भएमा मिलाएर जान्छौँ,’ देउवाले भन्न्ुभयो ।
सभापति देउवाले संविधान संशोधनको विषयलाई सरकारले अघि बढाउने बताउँदै सरकारलाई थप प्रभावकारीरुपमा अघि बढाउने विषयमा एमालेसँग कुराकानी गर्ने विश्वास दिलाउनुभयो । कांग्रेस केन्द्रीय कार्यसमितिमा प्रधानमन्त्री र मन्त्रीको कार्यशैलीका विषयमा अधिकांश सदस्यहरूले धारणा राखेका थिए ।
देउवाले सरकारका विषयमा सदस्यहरूले राखेका धारणाका विषयमा कुनै जवाफ दिनुभएन । उहाँले आफ्नो अवकाशका विषयमा पनि बेला आएपछि गर्ने भन्दै कसैले भनेर आफू रिटायड्मा जनाले समेत बताउनुभयो । बैठकका निर्णयसहित कांग्रेसले भालि पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताइएको छ ।