
काठमाडौ. । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापत्विमा सम्पन्न भएको केन्द्रीय असार १६ देखि २३ गतेसम्मको बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने र वर्तमान सरकारलाई निरन्तरता दिनेसम्मका निर्णयहरु गरेको छ ।
यस्तै २०८२ असोज मसान्तसम्म केन्द्रीय कार्यायमा सुचिकृत भएका कृयाशिल सदस्यहरुको नामाबलीलाई मात्रै १५ औं महाधिवेशनमा समावेश गर्ने निर्णय गरिएको बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्ता छन् बैठकको निर्णयहरू ः
१ संविधान संशोेधन सम्बन्धमा
नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयनको मूल दायित्व र जिम्मेवारी हाम्रो नै हो भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट र पूर्ण प्रतिवद्ध छ । संविधान कार्यान्वयनको एक दशकमा देखिएका चुनौती र जटिलताको समीक्षा गर्दै यसको गतिशील कार्यान्वयनका लागि समयानुकुल संशोधन गर्नुपर्छ भन्ने विश्वासका साथ नेपाली कांग्रेस र नेकपा ९एमाले० बीच भएको ७ बुँदे सहमतिमा “संविधान प्रारम्भ भए पश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने” भन्ने विषय महत्वका साथ उल्लेख गरिएको नेपाली कांग्रेस स्मरण गर्दछ । तसर्थ, संविधान संशोधनको विषयलाई सार्थक निष्कर्षमा पु¥याउन नेपाली कांग्रेसले एक कार्यदल गठन गर्ने निर्णय गर्दछ । कार्यदलले पार्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउनेछ । संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू एवं अन्य राजनीतिक दलहरु, संविधान निर्माणमा योगदान गरेका विज्ञ, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्नेछ ।
२ नेपाल सरकारसँग सम्बन्धित विषय
नेपालको तत्कालिन राजनीतिक विशेष परिस्थितिमा सरकार गठन सम्बन्धमा भएको नेपाली कांग्रेस र नेकपा ९एमाले० बीचको ७ वुँदे सहमतिप्रति प्रतिवद्ध रहँदै सरकारको स्थायित्वका लागि जनभावना अनुसार वर्तमान सरकारले विकास, सुशासन एवं समुन्नतिका लागि थप प्रभावकारिताका साथ काम गर्नु पर्ने कुरामा यो बैठक सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ । यसका साथै समसामयिक जनसरोकारका निम्न विषयहरूमा समेत सरकारको ध्यानाकर्षण गर्दछ ।
१ कृषि उत्पादन वृद्धि गरी मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रको लागि अत्यावश्यक पर्ने मलखाद र बीउविजनको अभाव हुन नदिन आवश्यक रासायनिक मलखादको तत्काल व्यवस्था गरी किसानलाई सहज रुपमा समयमै उपलब्ध गराउने ।
कृषि उत्पादनमा प्रयोग गरिदै आएको अधिकतम् विषादीका कारण जनस्वास्थ्यमा पर्न गएको नकारात्मक असरलाई न्यूनिकरण गर्न स्थानीय कच्चा पदार्थ र परम्परागत प्रविधिबाट उत्पादन गर्न सकिने प्राकृतिक औषधी र प्राङ्गरिक मलको प्रयोग र उत्पादनलाई प्रोत्साहन गर्ने काम अगाडि बढाउने । साथै, कृषिमा प्रयोग गरिने रासायनिक विषादीको मात्रा र गुणस्तर नियमन तथा नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
२ उद्योग, वाणिज्य र आपूर्तिको क्षेत्रमा विद्यमान समस्याहरू समाधान गर्दैै लगानीमैंत्री वातावरण र स्वदेशमै उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न एवं राष्ट्रिय–अन्तर्राष्ट्रिय व्यापारमा सन्तुलन कायम गर्न वाधा पुग्ने किसिमका विद्यमान कानूनी अड्चन एवं प्रकृयागत झन्झट तथा करको व्यवस्थालाई सुधार गर्नु पर्ने तर्फ पनि पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाली समाजको धर्मसंस्कृतिसँग जोडिएको सुनचाँदी जस्ता वहुमूल्य धातुलाई परम्परादेखि नगद सरह मान्यता दिंदै आएको छ । यस्ता वस्तुलाई विलासिताको वस्तुको रुपमा परिभाषित गर्नु उपयुक्त देखिदैन । सुन बिक्री प्रकृयामा कायम रहेको कोटा र वितरण प्रणालीमा रहेको एकाधिकार पनि उचित नभएकोले तत्काल खारेज गर्न सरकारको ध्यानाकर्षण गराउँदछ । साथै, यस क्षेत्रका अन्य विविध समस्याको दीर्घकालिन समाधान खोज्न आवश्यक नीतिगत एवं संरचनागत सुधार गर्नु पर्ने विषयमा तत्काल आन्दोलन एवं अनसनरत व्यवसायीहरुसँग वार्ता गर्न सरकारसँग माग गर्दछ ।
३ विगतका वर्षमा झै यस वर्ष पनि मध्य वर्षा लागिसकेको र मौसमविद्का अनुसार विगतको तुलनामा यस वर्ष अति भारी वर्षा हुने पूर्वानुमान भैसकेकोले विपद्का कारण हुने जनधनको क्षति न्यूनिकरण गर्नका लागि नागरिकलाई पूर्व सूचना दिई विपद् बारे सूसूचित गर्ने, सो सम्बन्धमा पूर्व तयारी एवं प्रभावकारी प्रतिकार्यको लागि सम्पूर्ण व्यवस्था मिलाउन र नागरिकलाई विपद्मा जनधनको सुरक्षाको प्रत्याभूति गर्न यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।
४ बाढी, पहिरो, डुवानबाट अनाहकमा नागरिकले ज्यान गुमाउनु परेको, विस्थापित हुनु परेको, खेती योग्य जमीन, पशु चौपाया लगायत भौतिक सम्पत्ति तथा सडक सञ्जालमा पुग्न गएको क्षतिबाट उत्पन्न परिस्थितिले नागरिकको जीवन कष्टकर बन्न पुगेको छ । सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति कार्यसमितिको यो बैठक सहानुभूति प्रकट गर्दछ । पीडित नागरिकको जीवन सहज बनाउनका लागि तत्कालै उद्धार, राहत र पुनस्र्थापनाको व्यवस्था सहित उपयुक्त कदम चाल्नका लागि सरकारसँग नेपाली कांग्रेस आग्रह गर्दछ ।
५ २०८१ को एसईई परीक्षामा विगत वर्षको भन्दा परीक्षाफल सुधारोन्मुख देखिनु सकारात्मक र सुखद रहेको छ । तर यो दरको सुधार पर्याप्त होइन । शिक्षा नीतिमा थप सुधार गर्नु अति आवश्यक देखिन्छ । परीक्षामा उत्र्तिण सबै बालबालिकाको उज्ज्वल भविष्यको कामना सहित हार्दिक बधाइ ज्ञापन गर्नुका साथै शिक्षालाई व्यवहारिक र रोजगारमूलक बनाउन प्रभावकारी नीति लिनु पर्ने ठहर गर्दै सरकारको ध्यानाकर्षण गर्दछ ।
६ चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरी गरेको आन्दोलनका माग र विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो संवेदनशील विषयमा विलम्व नगरी आन्दोलनरत चिकित्सकहरुसँग अविलम्व वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग माग गर्दछ ।
७ तराई–मधेशमा विगतदेखि नै खडेरीका कारण भूमिगत जलको सतह घट्न गई उत्पन्न सुख्खाका कारण कृषि क्षेत्रमा परेको असरलाई मध्येनजर गरी राज्यका तर्फबाट उचित रणनीतिका साथ सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।
८ ऊखु किसानले पाउदै आएको अनुदानलाई निरन्तरता दिन र आगामी वर्षमा पनि ऊखु किसानको भुक्तानी समयमै हुने वातावरण बनाउनुका साथै यस क्षेत्रका अन्य समस्याको उचित समाधान गर्न सरकारसँग माग गर्दछ ।
९ कतिपय सहकारी संचालकबाट ठगिएका बचतकर्ताको बचत सुरक्षित गर्दै बचतकर्तालाई रु। ५ लाखसम्मको रकम यथाशीघ्र फिर्ता दिलाउन प्रभावकारी नीति लिन सरकारको ध्यानाकर्षण गराउँदै यस विषयमा कुनै विलम्व नगरी प्रकृयामा रहेका सबै मुद्दाहरु चाडै टुङ्गो लगाउन र दोषी देखिएकालाई यथाशीघ्र कानूनी दायरामा ल्याई समस्याको दीर्घकालिन समाधान गर्न आवश्यक रणनीतिक कदम चाल्न समेत सरकारसँग जोडदार माग गर्दछ ।
३ संसदीय मामिला सम्बन्धमा
१ संसद जनताको सार्वभौम अधिकारको प्रतिनिधित्व गर्ने राज्यको सर्वोच्च अंग हो । यसको संचालन, व्यवस्थापन र संसदका सदस्यहरूले गर्ने आचरण, व्यवहार तथा सांसदहरुले प्रस्तुत गर्ने कार्यशैली र क्षमताले नै संसदको गरिमालाई उजागर गर्ने मात्र होइन, राष्ट्रको प्रतिष्ठा पनि कायम गर्दछ । अतः संसदलाई मर्यादित, व्यवस्थित र गरिमामय बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका माननीय सदस्य एवं संसदीय दललाई यो बैठक निर्देशित गर्दछ ।
२ संविधानले सुनिश्चित गरेका राज्यका तीन तहका सरकार मध्ये जनताको दैनिक जीवन र स्थानीय विकास निर्माणसँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार हो । स्थानीय सरकारको कार्यशैली एवं राजनीतिक समझदारीको अभावमा केही पालिकाहरुले हालसम्म पनि बजेट प्रस्तुत गर्न नसकेको स्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । अतः ती पालिकाहरुले समयमै बजेट, कार्यक्रम तथा योजनाहरु प्रस्तुत गरी जनप्रतिनिधि र स्थानीय सरकारप्रति जनताको विश्वास र भरोसा कायम गर्न नेपाली कांग्रेसको यो बैठक अपिल गर्दछ ।
३। नेपाली कांग्रेस र नेकपा ९एमाले० लगायतका दलहरुको समीकरणमा बनेको वर्तमान सरकारले निजी क्षेत्रलाई चलायमान बनाउन संसदबाट पारित गरेको ५ वटा ऐनहरु, नागरिकता ऐन, भ्रष्टाचार निवारण ऐन जस्ता महत्वपूर्ण ऐन पास गरी सुशासनको क्षेत्रमा केही सुधारका कदमहरु अगाडि बढाएको छ । यसले नागरिकमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको विश्वास लिएका छौं । यद्यपि, संविधान कार्यान्वयनका सम्बन्धमा बनाउनु पर्ने अन्य आवश्यक कानूनहरू लामो समयसम्म पनि बन्न नसक्दा राज्यका तीनै तहमा अन्यौलता सिर्जना भएको छ । यसले जनतामा प्रदान गर्ने सेवा र विकासको क्षेत्रमा पनि उत्तिकै नकारात्मक प्रभाव पारेको देखिन्छ । त्यस्ता कानूनहरू अविलम्व संसदीय प्रक्रियामा लगी पारित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
४ भर्खरै राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत पारित भई प्रतिनिधि सभामा प्रस्तुत भएको निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदनमा देखिएका गडवढी र कमी कमजोरीहरुलाई संसदीय प्रकृयाबाटै समाधान गरी संसदको गरिमा र विश्वसनीयतालाई कायम राख्ने कुरामा नेपाली कांग्रेस विश्वस्त छ । साथै, संसदको गरिमामा आँच पुग्ने गरी गरिएका यस्ता गल्ती कमजोरीको सत्यतथ्य छानविन गरी वास्तविकता बाहिर ल्याउन र दोषीलाई कार्वाही गर्न नेपाली कांग्रेसको यो बैठक माग गर्दछ ।
५ प्रदेश सरकार संचालन सम्बन्धमा भएका गतिविधि र बजेट निर्माणमा देखिएका असमझदारी लगायतका सन्दर्भमा सातै प्रदेशमा पार्टीको प्रदेश कार्यसमिति, प्रदेश संसदीय दलसँग बैठक बसी पार्टीको तर्फबाट आवश्यक छलफल र सहजीकरण गर्न केन्द्रीय कार्यसमितिको तर्फबाट प्रतिनिधि खटाइनेछ । प्रतिनिधिले १ महिनाभित्रमा केन्द्रीय कार्यसमितिलाई प्रतिवेदन बुझाउनु पर्नेछ ।
६ संसदको शिक्षा समितिमा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकलाई शिक्षक आन्दोलनको भावना र शिक्षक महासंघसँगको सम्झौता बमोजिम अविलम्ब टुंगोमा पु¥याउनु पर्ने आवश्यकता औंल्याउँदै यो बैठक सरकार, संसदीय समिति र संसदको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
७। हिमाली क्षेत्रको पदयात्रा र हिमाल आरोहणको क्षेत्रमा श्रम गरिरहेका व्यवसायिक आरोहीहरूलाई २० बर्षको अवधि कार्य गरे पश्चात् पेन्सनको प्रबन्ध गरेर उत्तरार्धको जीवन सहज बनाउन र पछिल्लो पुस्तालाई पनि व्यवसायिक आरोहणमा प्रोत्साहित गर्न यो बैठक सरकार समक्ष माग गर्दछ । साथै, हिमाली क्षेत्रको जोखिमपूर्ण भेगमा गह्रुङ्गो भारी बोकेर जिम्मेवारी निर्वाह गरिरहेका श्रमिकहरुलाई श्रम गर्ने क्रममा चोटपटक लागि घाइते हुने एवं स्वास्थ्यमा पर्ने असर समेतलाई दृष्टिगत गरी स्थानीय तह मार्फत बिमाको प्रबन्ध गर्न यो बैठक सरकार समक्ष माग गर्दछ ।
४ पार्टी संगठनसँग सम्बन्धित
१ क्रियाशील सदस्यता नवीकरण गरी केन्द्रीय कार्यालयमा विवरण पेश गर्ने समयावधि २०८२ असोज मसान्तसम्मका लागि तोकिएको छ । सो अवधिभित्र पेश नभएका नवीकरण सम्बन्धी नामावली १५ औं महाधिवेशनका लागि अद्यावधिक ९सूचिकृत० गरिने छैन ।
२ महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संघहरु मध्ये हालसम्म पनि नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ र नेपाल लोकतान्त्रिक खेलकूद संघले तोकिएको मितिभित्र महाधिवेशन गर्न सकेका छैनन् । २०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नै पर्ने र गर्न नसकेमा स्वतः पदावधी समाप्त हुने भनि अन्तिम समय दिईएकोमा यस बैठकमा महाधिवेशनको कार्यतालिका प्रस्तुत गरेका भ्रातृ संघहरुकोे हकमा कार्यतालिकामा तोकिएको मितिसम्म समयावधि थप गर्ने । सबै तदर्थ समितिले २०८१ चैत्र मसान्त पछि गरेका सबै निर्णय खारेज गर्ने र कार्यतालिका प्रस्तुत गर्न नसकेको नेपाल दलित संघका सम्बन्धमा केन्द्रीय महाधिवेशन निर्देशन समिति र संघका अध्यक्ष बीच छलफल गरी यथाशीघ्र महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्न निर्देश गर्दछ ।
प्रस्तावित कार्यतालिका बमोजिम महाधिवेशन सम्पन्न गर्न निर्देशक समितिलाई पार्टीको तर्फबाट सम्पूर्ण जिम्मेवारी प्रदान गरी निर्देशन समितिले गर्नुपर्ने कामका सन्दर्भमा पार्टीको तर्फबाट कार्यादेश ९त्इच्० उपलब्ध गराउनेछ ।
महाधिवेशन तयारी र व्यबस्थापनमा सहजीकरणका लागि पार्टीले सम्बन्धित संघको मौजुदा तदर्थ समितिका अध्यक्ष सहित महाधिवेशन व्यवस्थापन समिति बनाउनेछ ।
तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्न पार्टीका प्रदेश, जिल्ला लगायतका सबै तहगत समिति र अन्य सम्बन्धित सबैले निर्देशन समितिलाई आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्नु पर्नेछ ।
३ नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन प्रस्ताव, २०८२ र नेपाली कांग्रेस जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, २०८२ परिमार्जन सहित पारित गरिएको छ ।
४ नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा मान्यता प्राप्त “नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ” र “नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ” ९निस्टा० ले संघको नाममा संशोधन गर्न दिएको निवेदन अनुरुप उक्त संस्थाहरूको नाम “नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघ” र “नेपाल संस्थागत तथा निजी शिक्षालय अध्यापक संघ” रहने गरी संशोधन गरिएको छ ।
५। नेपाल विद्यार्थी संघ र नेपाल प्रजातान्त्रिक राष्ट्रिय यातायात व्यवसायी संघको विधान परिमार्जन सहित पारित गरिएको छ ।
६। चौधौं महाधिवेशनबाट निर्वाचित विभिन्न तहका कार्यसमितिहरुमा रिक्त रहेका पदमा केन्द्रीय निर्वाचन समिति र सम्बन्धित तहका कार्यसमितिसँग समन्वय गरी भाद्र मसान्तभित्र पदपूर्ति गरिनेछ ।
५ कार्यसम्पादन समितिको निर्णय अनुमोदन सम्बन्धमा
१ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८१ मंसिर २४ बैठकको निर्णयहरु यो बैठक अनुमोदन गर्दछ ।
२ कार्यसम्पादन समितिको २०८१ चैत्र १० गते बसेको बैठकको निर्णय नं। २ नेपाली जनसम्पर्क समिति सम्बन्धमा भएको निर्णयको बुँदा नं। ४ लाई देहाय बमोजिम परिमार्जन गरी कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदन गर्नेस
“४ जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य हुने व्यबस्था हटाइएको छ । तर, जनसम्पर्क समितिको अध्यक्ष नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको अबस्थामा निज स्वतः महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुनेछन ।”
६ नेपाली जनसम्पर्क समितिका सम्बन्धमा
क नेपाली जनसम्पर्क समितिको सदस्यता र अधिवेशन सम्बन्धमास
१ नेपाली जनसम्पर्क समितिको सदस्यता वितरण र अधिवेशनका सन्दर्भमा २०८२ साउन १ गतेदेखि असोज मसान्तसम्म जनसम्पर्क समिति सदस्यता र क्रियाशील सदस्यता नयाँ वितरण र नवीकरण गरी स्वीकृतिका लागि केन्द्रीय कार्यालयमा पठाउने र समयावधि समाप्त भएका नेपाली जनसम्पर्क समितिहरुको हकमा पौष मसान्तसम्ममा अधिवेशन सम्पन्न गर्ने ।
२। सबै जनसम्पर्क समितिले २०८२ साउन महिनाभित्र बैठक बसी सदस्यता वितरण, नविकरण र अधिवेशनको कार्यतालिका तय गरी केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन दिने । यस सन्दर्भमा कुनै विवाद वा असमझदारी देखिएमा सदस्यता व्यबस्थापन केन्द्रीय समितिले आवश्यक परामर्श गरी टुङ्गाउने ।
नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३ मा देहाय बमोजिमको संशोधन गर्नेस
१ नेपाली जनसम्पर्क समितिमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता र नेपाली जनसम्पर्क समितिको सदस्यता गरी दुई किसिमको सदस्यता हुने निर्णय गरेको सन्दर्भमा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३ ९ख० मा विदेशस्थित जनसम्पर्क समितिबाट नेपाली कांग्रेसको क्रियाशील सदस्यता शुल्क तोकिएको तर जनसम्पर्क समितिको सदस्यहरूको शुल्कको व्यवस्था नभएकोले सो सम्बन्धमा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ५ उपनियम ९३० पछि देहाय बमोजिमको उपनियम ९३ क० थप गर्ने ।
९० नेपाली जनसम्पर्क समितिको सदस्यता सम्बन्धि व्यवस्था देहाय बमोजिम हुनेछ ।
९१० नेपाली जनसम्पर्क समितिका सदस्यता प्राप्त गर्न चाहने योग्यता पुगेका व्यक्तिहरुले सदस्यता प्राप्तिका लागि केन्द्रीय कार्यालयले तोके बमोजिमको आवेदन फारम भरी सम्बन्धित देशको कार्यसमितिमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता वन्न लाग्ने शुल्क बराबर नै शुल्क र नवीकरणको हकमा उक्त शुल्कको आधा रकम समेत समावेश गरी आवेदन गर्नु पर्नेछ ।
२ नेपाली जनसम्पर्क समितिका सदस्यताका लागि अनलाइन माध्यमबाट सम्बन्धित जनसम्पर्क समिति मार्फत् वा सिधै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ ।
९३० जनसम्पर्क समिति सदस्यताबाट प्राप्त सदस्यता शुल्कको ५० प्रतिशत सम्बन्धित जनसम्पर्क समितिमा राखी बाँकी ५० प्रतिशत रकम सहित सदस्यता फारम स्वीकृतिका लागि केन्द्रीय कार्यालयमा पठाउनु
पर्नेछ ।
४ नेपाली जनसम्पर्क समितिका सदस्यहरुको शुल्क पार्टी केन्द्रीय कार्यालयको खातामा जम्मा भएको वा नभएको र तोकिए बमोजिमको ढाँचा अनुसार भरिएका आवेदन फारमहरु ढाँचा अनुसारको प्रक्रिया भएको वा नभएको हेरी प्रक्रिया पुरा भएको भए कार्यालयले सदस्यता स्वीकृतिका लागि सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा सिफारिस गर्नेछ ।
५ आवेदन फारममा तोकिएको मापदण्ड पुरा भएका व्यक्तिहरुले सदस्यता व्यवस्थापन केन्द्रीय समितिले स्वीकृत गरेपछि अनुसूची बमोजिमको ढाँचामा जनसम्पर्क समितिको सदस्यता सम्बन्धित जनसम्पर्क समितिबाटै प्राप्त गर्नेछन् ।
६ नेपाली जनसम्पर्क समिति सदस्यता वितरण, नवीकरण र अद्यावधिक गर्ने गराउने कार्यमा नेपाली जनसम्पर्क समिति समन्वय विभागले समन्वय र सहजिकरण गर्नेछ ।”
७ नेपाली जनसम्पर्क समितिको हाल राष्ट्रिय समिति मात्र रहेकोमा अब अन्तर्राष्ट्रिय र क्षेत्रीय समिति समेत गठन गरी संगठन विस्तार गरिनेछ ।
८ जननायक बी।पी। कोइरालाले ५० वर्ष अघि सर्वप्रथम भारतमा नेपाली जनसम्पर्क समिति स्थापना गरी प्रारम्भ गर्नु भएको र हाल विश्वव्यापी रुपमा फैलिएको नेपाली जनसम्पर्क समितिहरुले यसैलाई आधार मानी सम्पूर्ण जनसम्पर्क समितिलाई “स्वर्ण महोत्सव” मनाउन निर्देश गर्दछ ।
शोक प्रस्ताव ः
कार्यसमितिको अघिल्लो बैठक र यो बैठकका बीचको अवधिमा— नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएका पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहनु भएका महानुभावहरूको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।
कृष्णप्रसाद पौडेल