नुवाकोटमा जग्गाको न्यूनतम मूल्य निर्धारणका लागि राय–सुझाव माग, असार २१ गतेसम्म सुझाव दिन आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १२, शुक्रबार १६:२८

नुवाकोट, असार १२ – भूमि प्रशासन कार्यालय, नुवाकोटले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि जिल्लाभित्रका जग्गाको न्यूनतम मूल्य निर्धारण गर्ने तयारीस्वरूप सरोकारवाला निकाय, स्थानीय तह तथा नागरिकसँग राय–सुझाव माग गरेको छ।


कार्यालयले शुक्रबार सूचना जारी गर्दै नुवाकोटका १२ वटै स्थानीय तहमा बाटोको वर्गीकरणसहित जग्गाको न्यूनतम मूल्याङ्कन सिफारिस प्राप्त भएको जनाएको छ। मालपोत नियमावली, २०३६ को नियम ३६(ख) बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले आगामी आर्थिक वर्षका लागि न्यूनतम मूल्य निर्धारणको प्रक्रिया अघि बढाएको हो।


जग्गाको न्यूनतम मूल्यलाई यथार्थपरक, वस्तुपरक, समयसापेक्ष तथा व्यवहारिक बनाउन सरोकारवाला निकाय, सर्वसाधारण नागरिक र नागरिक समाजबाट राय तथा सुझाव संकलन गर्न सूचना प्रकाशित गरिएको कार्यालयले जनाएको छ।


कार्यालयका अनुसार इच्छुक व्यक्तिले सम्बन्धित स्थानीय तहमार्फत वा nuwakot@dolma.gov.np इमेलमा असार २१ गतेभित्र आफ्नो राय–सुझाव पठाउन सक्नेछन्।


भूमि प्रशासन कार्यालयले गत आर्थिक वर्षको मूल्याङ्कन पुस्तिका तथा स्थानीय तहलाई पठाइएको पत्रसमेत अध्ययन गरी आवश्यक सुझाव उपलब्ध गराइदिन सबै पक्षसँग अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *