
साउन १९ सोमबार काठमाडौ । राजधानीको गोंगबुमा रहेको विनायक अस्पताल तथा प्रसूती गृह प्रा.लि.ले लेजर मेसिनबाट पत्थरीको अप्रेसन सुरु गरेको छ ।
टोखा नगरपालिकास्थित वडा नं ९ गोंगबुमा रहेको अस्पतालले (kidney_) रहेको पत्थरी स्टोन निकाल्न लेजर मेसिनबाट विना चिरफार सफल रुपमा अप्रेशन गरिएको अस्पतालका कार्यकारी अध्यक्ष तथा प्रवन्ध निर्देश्क केपी लामिछानेले जानकारी दिनुभयो । उहाँले श्रावण १७ गते बाट वरिष्ठ चिकित्सक उदयमानसिंह डंगोलको टिमले सफल रुपमा अप्रेशन गर्दै आएको पनि उल्लेख गर्नुभयो ।
झण्झै २० वर्षदेखि सञ्चालनमा रहेको विनायक अस्पतालले गरिब तथा असहायका लागि समेत सर्वसुलम रुपमा उपचार सेवा प्रदान गदै आएको अध्यक्ष लामिछानेको भनाई रहेको छ । यस्तै नुवाकोट, रसुवा धादिड.का बिरामीहरुलाई पनि सहुलियतमा नै उपचार गर्दै आईरहेको र उत्तः अस्पतालमा पैसा नभएरर उपचार नरोकिने पनि जानकारी दिनुभयो, हामी पैसा छैन भनेर अस्पतालबाट फर्काउँदेनौं, उपचार गरेर पठाउँछौं, तर पछि अस्पतालले सहुलियत दिएको भन्दै बाँकी रकम भने तिर्नुपर्दछ, अध्यक्ष लामिछानेले नुवाकोट पुकारसँग भन्नुभयो, ।
नुवाकोट जिल्लाको तादी गाउँपालिकामा नेकपा एसबाट अध्यक्षका प्रत्यासी लामिछाने हाल भने नेकपा एमालेको राजनीतिकमा क्रियाशिल हुनुहुन्छ । आफ्नो स्वर्गीय पिताको स्मृतिमा भरतप्रसाद लामिछाने प्रतिष्ठानमार्फत पनि सामाजिक सेवामा क्रियाशिल रहँदै आउनु भएको छ । उहाँले निकट भविष्यमा नै अस्पताल आफ्नै भवनबाट सञ्चालन गर्ने र एकसय शष्यामा विस्तार गरिने पनि जानकारी दिनुभयो । विशेषज्ञ चिकित्सकहरुद्धारा ओपिडी सेवाकासाथ जटिल प्रकारका अप्रेशन, आइसियु, सिसीयु, भेन्टिलेटर,२४ सै घण्टा सिटीस्क्यानको सुविधा समेत रहेको अस्पताल प्रशासनले जनाएको छ ।