
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरेको हो।बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक भएको जानकारी दिनुभयो ।
गत चैत्र २१ देखि २९ गतेसम्म भएको परीक्षामा पाँच लाख हाराहारी विद्यार्थी सहभागी थिए। नतिजाअनुसार यसपटक ६१=१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। त्यस्तै, ३८.८३ विद्यार्थी ननग्रेड भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शिक्षक आन्दोलनका कारण केहि दिनपछि सरेको परीक्षाको नतिजा प्रकाशनमा पनि ढिलो भएको हो