
विदुर । जिल्लाको बेलकोटगढी नगरपालिकास्थित वरदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक एकाराम सिलवालले आत्महत्या गरेका छन् ।स्थानीयहरुका अनुसार प्रधानाध्यापक सिलवाले आफ्नो गोठमा बिहान ८ बजेको समयतिर घर नजिकैको गोठमा डोरीको पासो लगाएर आत्महत्या गरेका थिए ।
बेलकोटगढी वडा नं १२ घर भएका उनी बेलकोटगढी १० पोखरीथोकमा रहेको विद्यालयमा प्रधानाध्यापकका रुपमा कार्यरहत रहेका थिए । अन्दाजी ५५ वर्षीय सिलवालले आत्महत्या गर्नुको कारण नखुलेको बेलकोटगढी वडा नं १० का वडा अध्यक्ष प्रल्लाद थपलीयाले जानकारी दिनुभयो । उनको निधनले सिलवाल परिवार शोकमा डुबेको छ ।
सिलवालको शवलाई पोष्टमार्टका लागि त्रिशूली अस्पताल लगिएको उनका छिमेरी रामहरि खनालले जानकारी दिनुभयो । पोष्टमार्टमपछि आवश्यक प्रक्रिया पूरा गरेर मात्रै परिवालाई शव जिम्मा लगाईने जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जानकारी दिनुभयो ।
शिक्षण पेशामा झण्डै २५ वर्ष विताएका सिलवालका दुई छोरा र एक छोरी रहेका छन् । कान्छो छोरा भने कोरियामा बस्दै बस्दै आएका छन् । पारिवारिक स्रोतका अनुसार उनले मानसिक रोगको औषधी सेवन गर्दै आएको बुझिएको छ ।