
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री इन्द्रबहादुर बानिायँलाई पद तथा गोपनीयताको शपथग्रहण गराउँदै , तस्बिर,बागमती प्रदेश मुख्यमन्त्री कार्यालय
मकवानपुर। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख कार्यालय हेटौँडामा एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । मुख्यमन्त्रीमा शपथ लिएसँगै बानियाँले मन्त्रिपरिषद्का सदस्यहरुको पनि शपथ गराउने तयारी छन् ।