
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशिल सदस्यहरुको नविकरणको समयसीमाका विषयमा सबै जिल्लालाई पुनः स्मरण गराएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार ७७ वटै जिल्ला कार्यसमितिलाई पत्र लेख्दै असोज मसान्तसम्म नविकरणको फाराम अनिवार्य रुपमा केन्द्रीय समितिमा दर्ता हुनुपर्ने उल्लेख गरिएको छ ।
केन्द्रीय कार्यालयले पठाएको पत्रमा भनिएको छ,गत असार २२गते बसेको केन्द्रस्य समिति बैठकको निर्णय अनुसार क्रियाशिल सदस्य नविकरणका विषयमा यहाँहरुलाई जानकारी नै छ । अत सोही विषयलाई निर्देशनानुसार पुन ः एक पटक स्मरण गराइएको छ । असोज मसान्तसम्म नविकरण नभएको खण्डमा अनलाइनमा उक्त सदस्य दर्ता नहुने जानकारी गराइन्छ । कांग्रेसले पाँच पटकसम्म नविकरणको म्याद थप गरिसकेको छ ।
असोज मसान्तसम्म नविकरण नभएको खण्डमा क्रियाशिल सदस्यको नविकरण नहुने उल्लेख गरिएको छ । कांग्रेसको १५ औं महाधिवेशन आगामी २०८३ सालमा हुनैपर्ने संवैधानिक व्यवस्था रहेको छ । ४ वर्षे कार्यकाल आगामी मंसिरमा सकिदैछ पार्टी सभापतिलाई एक वर्ष थप गर्न सक्ने व्यवस्था रहेको छ । साथै एक वर्ष थप भएपछि पनि अर्को ६ महिना विशेष परिस्थितिलाई देखाउँदै थप गर्न सकिन्छ ।
सोही थप भएको अवधिमा भने अनिवार्य केन्द्रीय महाधिवेशन हुनपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार कांग्रेसको महाधिवेशन ०८३ मंसिर वा ०८४सम्म हुनुपर्नेछ । तर ०८३ मा महाधिवेशन नभए ०८४ मा भने निर्वाचनको वर्ष रहेको छ । त्यतिबेला महाधिवेशन हुनसक्ने सम्भावना देखिदैन । त्यसैले आगामी निर्वाचनपपछि मात्र महाधिवेशन हुने अनुमान गर्न थालिएको छ । त्यसका लागि कुनै अर्को दलसँग अनिवार्य एकता हुनुपर्दछ । जसले संवैधानिक संकट टार्न सक्नेछ ।
