
विदुर । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले नुवाकोट जिल्लाको विभिन्न पालिकामा परेका समस्याहरुको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
बिहीबार(आज) प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै नेता केसीले नुवाकोट जिल्लाको ऐतिहासिक त्रिशूली बजारमा खानेपानीको समस्या भएका भन्दै तत्काल व्यवस्था माग गर्नुभयो ।
जिल्लाकै पूरानो बजार खानेपानीको समस्या भएकाले तत्काल व्यवस्था गर्न माग गर्नुभएको हो । नेता केसीले त्रिशूली बजारमा त्रिशूली जलविद्युतको नहरबाट पानी वितरण हुँदै आएको र असार २४ गतेको बाढीले नहरमा आंशिक क्षति पुर्याएकाले मर्मत संरधारका कारण नहर बन्द हुँदा त्रिशूलीबासीलाई खानेपानी पनि बन्द भएकाले सरकारले वैकिल्पिक व्यवस्थाको माध्यमबाट खानेपानीको व्यवस्था गर्न माग गर्नुभयो ।
उहाँले नहरको माथिल्लो भागबाट पाइप विस्तार गरेर,बोडिड.मार्फत वा हालको खोनेपानी लाइनबाट व्यवस्थापन गरेर भएपनि खानेपानीको व्यवस्था गर्न आग्रह गर्नुभयो । सांसद केसीले नुवाकोटकै ककनीको ओखरपौवामा फोहोरका कारण मानिसमा गम्भीर प्रकृतिको स्वास प्रस्वाशका समस्या र क्यान्सर रोगसम्मको डर बढिरहेको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले स्थानीयबासीसँग भएको पूरानो सम्झौता कार्यान्वयन गर्न र तत्काल राहत व्यवस्थाका लागि सरकार गम्भीर हुन समेत आग्रह गर्नु भयो । उहाँले राष्ट्यि फोहोर व्यवस्थापन प्राधिकरण गठन गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद केसीले दुप्चेश्वरको दुदेली कल्लेरीमा पहिरोका कारण चार घर विस्थापित भएको र सो ठाउँको बस्ती स्थानान्तरण गर्नुपर्ने भएकाले त्यसप्रति पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । नेता केसीले बेलकोटगढीको तल्लो रुपिड.मा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्था आएको, तादी गाउँपालिका रालुका उर्लेनी खण्डमा जमिन भासिदा गाउँ बस्ती नै सार्नुपर्ने अवस्था आएको भन्दै सरकारलाई तत्काल कदम चाल्न पनि आग्रह गर्नुभएको छ ।