
विदुर । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ९स्थित नलागाउँमा रहेको माहायामा माध्यमिक विद्यालयका प्रधानाध्यापक हटाइएको विषयमा स्थानीय रुपमा विवाद सिर्जना भएको छ । विद्यालय व्यवस्थापन समितिको केहि दिन अघि बसेको बैठकले विद्यालयका प्रधानाध्यापक आशिस कुमार मिजारको कार्यक्षमतामाथि प्रश्न चिन्ह्र खडा गर्दै व्यवस्थापन समितिले प्रअबाट हटाएको थियो ।
विगत दुई वर्षदेखि विद्यालयको प्रअ रहेका मिजारले कार्यसम्पाद सहि रुपमा गर्न नसकेको,विद्यालयका शिक्षक तथा कर्मचारीसँगको व्यवहार विवादित भएको लगायतका कारण देखाउँदै हटाइएको छ । मिजारको स्थानमा अर्को प्रअ नियुक्त गरिएको छैन भने कार्यबाहक प्रअका रुपमा नारायाण कोइरालालाई जिम्मेवारी प्रदान गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चमेली तामाड.ले यस विषयमा कुनै प्रतिक्रिया दिईनन् भने वडा अध्यक्ष दुर्गाप्रसाद गजुरेलले भने प्रधानाध्यापक मिजारको कार्यक्षमतामाथि शिक्षकहरुबाट नै प्रश्न उठेका कारण व्यवस्थापन समितिले हटाएको जानकारी दिए । उनले भने, ,मैले वडा अध्यक्षको नाताले बैठकमा बोलाएर नै कुरा गरेको हु,तर उहाँ आफूलाई सुधारेर अघि बढ्ने भन्दा पनि शिक्षकहरुलाई पेलेर जाने पक्षमा देखिनुभयो अनि व्यवस्थापन समितिको बैठकले प्रअबाट हटाउने निर्णय गरेको हो,। मिजार नेकपा एमाले समर्थित शिक्षक संगठन नेपाल राष्ट्यि शिक्षक संगठनको नुवाकोट कोषाध्यक्ष हुन् ।
उता उनलाई राजनीतिक प्रतिशोधका आधारमा हटाइएको भन्दै नेकपा एमाले र माओवादी समर्थित नेता कार्यकर्ताहरुले विरोध जनाएका छन् । नेकपा माओवादीका नेता सन्देश रेग्मीले वडा अध्यक्ष व्यवस्थापन समितिलाई करकापमा पारी प्रअ हटाउने गरेको भन्दै तत्काल निर्णय सच्याउँन चेतावनी दिँदै पदको दुरुपयोग गरेर गलत निर्णय गर्दै गएको खण्डमा बेलकोटगढीका सचेत नागरिकले कोदो बारीमा समेत लुक्न नदिने अवस्था आउने चेतावनी दिएका छन् ।
यस्तै बेलकोगढीभित्रका विद्यालयका प्रधानाध्यापकहरुले पनि विना कारण विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गरिरहेका बेला प्रअबाट मिजारलाई हटाइएको भन्दै संस्थागत रुपमा नै त्यसको प्रतिकार गर्ने तयारी गरेको एक प्रधानाध्यापकले नुवाकोट पुकारलाई बताए । विद्यालय शिक्षा अन्तर्रगत प्रधानाध्यापक नियुक्तिका लागि सम्बन्धित स्थानीय तहले छुट्टै समिति गठन गरेको हुन्छ । उक्त समितिको अध्यक्षमा नगर वा गाउँ शिक्षा समितिका अध्यक्ष रहने व्यवस्था छ । समितिमा रहेका अध्यक्ष भने पालिकाका प्रमुख हुनेछन् ।
पालिका प्रमुखको अध्यक्षतामा गठिते समितिमा सम्बन्धित वडाका वडा अध्यक्ष,सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सो समितिले तोकेका दुई जना विज्ञ सदस्य रहने व्यवस्था छ । विज्ञ सदस्यको हकमा भने माध्यमिक विद्यालयको शिक्षक र स्नाकोत्तर तह अध्ययन पूरा गरेको व्यक्तिलाई वार्षिक रुपमा सुचिकृत गरिने भन्ने व्यवस्था समेत रहेको छ । यस्तै समितिको सदस्य सचिवमा भने पालिका शिक्षा शाखा प्रमुख रहने छन् । उक्त समितिले पालिका स्तरमा खुला प्रतिस्पर्धामार्फत प्रधानाध्यापक नियुक्त गर्ने व्यवस्था छ ।
तर विद्यालयहरुमा व्यवस्थापन समितिको मनलाग्दी नियमका कारण सामूदायिक विद्यालयको अवस्था खस्कदो क्रममा रहेको छ भने विद्यालयमा विद्यार्थीको संख्या पनि अत्यन्त न्यून रहँदै आएको छ ।
यस्तो छ माओवादी नेताको चेतावनी
