
३० साउन, काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा १४.८ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब २ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३ अर्ब ४७ करोड रुपैयाँ थियो ।
खुद ब्यज आम्दानी पनि बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ८८ करोड रहेकोमा गत आर्थिक वर्षमा ८ अर्ब ८२ करोड छ । खुद ब्याज आम्दानी बढ्दा नै नाफामा बढी योगदान मिलेको देखिन्छ ।बैंकको नोक्सानी व्यवस्थापन रकम (इम्पेरिमेन्ट चार्ज) केही घटेको छ । यस्तो रकम अघिल्लो आर्थिक वर्ष १ अर्ब ६३ करोड रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ४१ करोड रुपैयाँ छ ।
बैंकको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसा छ । असार मसान्तसम्म वितरणयोग्य नाफा २ अर्ब ७८ करोड रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा १४ रुपैयाँ ३३ पैसा हो । प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ रहेको यस कम्पनीको अन्तिम सेयर मूल्य २५०।७४ रुपैयाँ छ ।