
बेलकोटगढी । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाथित बरदेवी आधारभूत विद्यालयका प्रधानाध्याकको निधनमा नगरपालिकलो आज पालिकाभित्रका सबै विद्यालयमा शोक बिदा दिने निर्णय गरेको छ ।
साउन २० गते आफ्नो घर नजिककैको गोठमा आत्महत्या गरेका शिक्षकको स्मानमा नगरपालिकाले शोक बिदा दिने निर्णयप्रति आम अभिभावक तथा सरोकारवाला निकायकहरुले भने असन्तुष्टी व्यक्त गरेका छन् ।
मानिसको मृत्यु हुनु परिवार र समाजका लागि अत्यन्त दुःखदायी घटना भएपनि शिक्षकजस्तो पेशामा रहेर आत्महत्या गरेका शिक्षकको सम्मानमा उनको निधन भएको १५ दिनपछि नगरभित्रका सबै विद्यालयका विद्यार्थीहरुलाइ शोक मनाउन बाध्य पारिनु गलत भएको धेरैको टिप्पणी रहेको छ ।
तर नगरपालिकाले भने २०४८ सालमा शिक्षक पेशामा आवद्ध रहेका सिलवालले कर्तव्य भएर शैक्षिक क्षेत्रमा पुर्याउनु भएको योगदानको सम्मानमा पालिकाभित्रका विद्यालय बन्द गरिएको नगरपालिकाका निमित्त प्रशासयिक प्रम्ख दिपक थिड.ले जारी गर्नुभएको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।
नगरपालिकाले पालिकाभित्रका भित्रका विद्यालयहरुमा एक महिने बर्खे बिदा सकिएको भोलिपल्टै शिक्षक सिलवालको सम्मानमा बिदा दिएको हो । नेपाल शिक्षक संघको आन्दोलका कारण पठनपाठनमा बाधा पुगेको भन्दै बर्खे बिदामा विद्यालय सञ्चालन गर्ने जनाएका शिक्षकहरुलाई एक महिने लामो पठ्यारलाग्दो बिदा दिइएको छ ।नगरपालिकाको निर्णयसँगै विद्यालयहरुले बिहानदेखि नै आन्तरिक रुपमा बिदाको सकुर्लर जारी गरिसकेका छन् ।
यसले विद्यार्थीहरुको पढ्न पाउने अधिकारमाथि समेत हनन भएको अभिभावकहरुको गुनासो रहेको छ । नगरपालिकाले भने आफ्नो वार्षिक क्यालेण्डर अनुसार नै विद्यालयहरु सञ्चालन भैरहेको बताएको छ ।
