
विदुर । नुवाकोट युनाइटेड फुटबल क्लबले आयोजना गरेको चौथो संस्करणको जिल्लास्तरीय अन्तरविद्यालय NUFC CUP FUTSAL प्रतियोगिताको उपाधी मालिका माद्यमिक विद्यालय बेलकोटगढी ०६ हात पारेको छ ।
उक्त प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको श्री मालिका माध्यमिक विद्यालयले हिमालय एकेडेमीलाई ट्राइबेकरमा २.० ले हराउदै उपाधि हासिल गरेको हो। समग्रमा मालिका मा विले ६ खेलमा जित र १ खेल बराबरी खेलेको थियो।
उक्त प्रतियोगितामा ३६ विद्यालय सहभागी भएका थिए । तेस्तै मालिका मा विले बेस्ट खेलाडी , बेस्ट गोलकिपर र बेस्ट कोचको ट्रफि जितेको छ । बिजेता विद्यालयलाइ बिदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटीले कप तथा पुरस्कार हस्तान्तरण गर्नु भएको थिय