
राजनीति सबै नीतिहरुको नेतृत्व गर्ने मुख्य नीति हो । राजनीति गर्ने हरेक मानिस जात, धर्म, संस्कार रितिरीवाज चालचलनबाट माथि उठेको हुनुपर्दछ । महिला र पुरुष एक रथका दुई पांग्रा जस्तै हुन् । महिला सहभागिता विना कुनैपनि राजनीति सफल हुँदैन । महिला सहभागिता विना कुनैपनि नीति नियम बनाउन लागू गर्न सम्भव छैन ।
नेपालको राजनीतिक दलहरुमा महिला सहभागिता हेर्दापनि निराशाजनक देखिन्छ । महिला अध्यक्ष भएको या प्रमुख कार्यकारी भूमिका कुनै पनि राजनीतिक दलले दिएको देखिदैन । कैयौं विद्वान र महान भनिएका नेताहरुले नै यो विभेद गरिरहेको पाइन्छ । महिला कमजोर हुन्छन् यिनीहरु लड्न सक्दैनन् या यो मुख्य जिम्मा लिन सक्दैनन् यो पुरुषलाई दिनु पर्छ भन्ने महिलाहरुको अविश्वास गर्ने खालाको बुझाई अहिले पनि देखिन्छ यो बुझाई र पितृसत्तावादी गलत बुझाई हरेक पार्टीबाट खारेज गर्नु पर्दछ ।
नेपालको राजनीतिक दलहरुमा महिला सहभागिता हेर्दापनि निराशाजनक देखिन्छ । महिला अध्यक्ष भएको या प्रमुख कार्यकारी भूमिका कुनै पनि राजनीतिक दलले दिएको देखिदैन । कैयौं विद्वान र महान भनिएका नेताहरुले नै यो विभेद गरिरहेको पाइन्छ । महिला कमजोर हुन्छन् यिनीहरु लड्न सक्दैनन् या यो मुख्य जिम्मा लिन सक्दैनन् यो पुरुषलाई दिनु पर्छ भन्ने महिलाहरुको अविश्वास गर्ने खालाको बुझाई अहिले पनि देखिन्छ यो बुझाई र पितृसत्तावादी गलत बुझाई हरेक पार्टीबाट खारेज गर्नु पर्दछ ।
नेपालको राजनीतिक परिवर्तनको इतिहासमा महिलाहरुको महत्वपूर्ण भूमिका रहँदै आएको छ । महिलाहरु हरेक परिवर्तनका आन्दोलनमा सक्रिय सहभागी भएका छन् । सहिद भएका छन्,वीर–विरंगना प्राप्ति गरेका छन् तर राजनीतिमा सहभागिता धेरै न्युन रहेको पाइन्छ । राणा विरोधी आन्दोलन होस्, पञ्चायती विरोधी आन्दोलन या २०६२÷६३ को आन्दोलन होस् या महान जनयुद्ध नै किन नहोस् यी सबै आन्दोलनमा महिलाहरुको अब्बल सहभागिता भएको पाइन्छ । नेपालको संविधानमा समेत ३३ प्रतिशत सहभागिता स्पस्ट व्यवस्था भएपनि आजसम्म महिलाको सहभागिता कानुन बमोजिम सुनिश्चित हुन सकिरहेको छैेन । आखिर कानुनमा समेत व्यवस्था भएपनि निर्णायक तहमा महिला सहभागिता किन हुनसकिरहेको छैन ।
राजनीतिमा पनि महिलाहरु प्रमुख कार्यकरी पोस्टमा किन जान सक्दैनन् या महिलाहरु नसक्ने भएर जिम्मेवारी नदिएको हो या महिलारुलाई अधिकार दिन पुरुषहरुले तयार नभएको हो । महिलाहरु नै नेतृत्व लिन तयार नभएको हो या महिला महिलाबाट माथि उठेर समग्र नेता बन्न नसकेको हो,यी प्रश्नहरुको उत्तर खोज्नुपर्ने हाम्रा अगाडि मुख्य जिम्मा आएको छ । राजनीतिमा जिम्मेवारी दिने बेलामा समेत अविश्वास गर्ने प्रवृति नेपालका राजनीतिक पार्टीहरुमा अहिले पनि जवरजस्त छ । महिला हुन् काम गर्न सक्दैनन्, यिनलाई छिट्टै जिम्मेवारी दिई हाल्नु हुँदैन । भन्ने खालका धारणाहरुले प्रमुख भूमिका खेलेको छन् ,यो धारणा पुरुषवादी परम्परागत धारणा हो जुन गलत छ ।
- पहिला महिलाहरुलाई जिम्मेवारी दिने कुरामै विश्वास छैन, अर्को चुनावमा टिकट दिदा पनि विभेद गरिन्छ । यदि कदमकदाचित चुनावमा उठाएपनि जुन ठाउँमा हार्ने निश्चित छ त्यहाँ महिलालाई उठाउँने प्रचलन छ । महिलाहरु उठे भने जित्दैनन् हार्छन् भन्ने धारणा जवरजस्त पार्ने महिलाहरुलाई टिकट दिएको त हो नि जितेनन् हारे भन्ने गलत प्रचार गर्ने र राजनीतिबाट महिलालाई बदनाम गर्ने संस्कार पनि पुरुषवादी घातक संस्कार हो । नेपालका सबै पार्टीबाट यो संस्कार हटाउन जरुरी छ ।
अर्को महिलाहरुलाई राजनीति गर्दा कुनै नेतासँग जोड्ने गलत संस्कार छ । महिला पनि मानव हो उ पनि स्वतन्त्र तरिकाले राजनीतिमा योगदान दिन सक्छ भन्ने कुरा भुलेर यो फलानो नेतासँग नजिक हुन्छ । यो ठिक छैन यो गलत महिला हो भनेर धारणा बनाउने र बुझ्ने संस्कार छ । या यो उसको श्रीमानको कमाईमा राजनीति गरेकी छ यो एक्लै गर्न सक्ने मान्छे त हुँदै होइन भन्ने जस्तो गलत धारणा राख्ने र व्यक्तिगत चरित्र हत्यासम्म गर्ने कामहरु पार्टी भित्रबाटै हुन्छन् जुन ठुलो चुनौतीको रुपमा महिलाहरुलाई आउने गर्दछ र महिलाहरुले संघर्ष गर्न सक्दैनन् र राजनीतिक अधिकारवाट च्युत हुनुपर्ने हुन्छ । यो खराब संस्कारलाई पार्टीबाटै खारेज र निस्तेज गर्नुपर्दछ । त्यस्तो धारण राख्नेलाई दण्डित गरिनु पर्दछ ।
हाम्रो नेतृत्वले पुरुष भएकै कारण विषयवस्तुको ज्ञानको आधारमा ऊ कमजोर छ, भने पनि ऊ त्यो पदमा पुग्न योग्य हुन्छ भने महिला भएकै कारण योग्यता भए पनि पदमा पुग्न पाएका हुँदैनन् । जकडिएर बसेको पुरातनवादी सोच र चिन्तन कसैले पनि हटाउन सकेको पाइँदैन । हरेक ठाउँमा हुने राजनीतिक नियुक्तिमा महिला नपुग्नु यसको उदाहरण हो । राजनीति नियुक्ति केवल पुरुषलाई टासो लगाउने निच र क्रुद्ध हर्कत हामी महिकाहरुले कहिले सम्म सहेर बस्ने?
हरेक आन्दोलनमा सरिक भएका महिला पदमा पुग्ने बेलामा केही ‘देखाउन’कै लागि जस्तो गरी पद दिनु र निर्णयात्मक तहमा समावेश नगर्नु यो आन्दोलन मर्ममाथि नै प्रहार गर्नु हो । हामीले प्रमुख र कार्यकारी भुमिका लिन हिचकिचाउनु हुँदैन सबै ठाउँमा हाम्रो सहभागितालाई अब्बल बनायौं भने मात्र हाम्रो राजनीतिमा मजबुत सहभागिता हुने छ । यसको लगि हामीले आफ्नो मनोबललाई उच्च राख्नु पर्दछ ।
महिलाहरु पुरुष भन्दा केही कुरामा कम हुदैनन् र छैनन् । हामी पनि पार्टीको कार्यकरी भूमिकामा अब्बल भएर जिम्मेवारी बहन गर्न सक्दछौँ । पार्टीले पनि महिलाहरुलाई भूमिका दिने कुरामा कुनै कन्जुस्याइँ गर्नु हुँदैन । पार्टीका हरेक पदहरुमा महिलाहरुले अब्बल भुमिका खेल्न सक्छन् भन्ने कुरा स्पस्ट हुन जरुरी छ । (लेखिकाः नेपाली कांग्रेस नुवाकोटकी महाधिवेशन प्रतिनिधि हुन्)