
काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर–२ मा मकैबारीमा बाँदर धपाउन गएका पुरुषको मृत्यु भएको छ । ५८ वर्षका गोकर्ण नेपाली मकैबारीमा बेहोस अवस्थामा भेटिएका थिए ।
बुधवार अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको हो । उनलाई बाँदरले आक्रमण गरेको अफवाह फैलिए पनि उनको हृदयघातबाट निधन भएको पुष्टि बताइएको छ ।
काठमाडौँमा उपचार गर्न ल्याइँदै गर्दा बाटोमा मृत्यु भएपछि शव नुवाकोट फर्काइएको थियो । त्रिशूली अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ । यसअघि उनिलाई ३ पटकसम्म माइनर हर्ट अट्याक भएको थियो । पारिवारिक सदस्यहरूले उनलाई प्रेसरको पनि समस्या रहेको बताएका छन् ।