
फाइल तस्बिर
५ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकलाई आज अन्तिम रुप दिन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ ।
बिहान ८ बजे नै बस्ने भनिएको बैठक केही ढिला गरी सुरु भएको हो । आजको बैठकमा विवादित विषय टुंगो लगाएर विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।
यसअघि समितिले विवादित विषयलाई थाँती राखेर प्रतिवेदन तयार पारेको थियो । निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवथामा विवाद छ । यसकै कारण निजी विद्यालय सञ्चालकहरुले आन्दोलन सुरु गरेका छन् ।
समितिले निजी विद्यालयहरुलाई क्रमश: गैरनाफामूलक बनाउने र १० देखि १५ प्रतिशत पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थामा सहमति जुटाएको थियो । तर यसमा नीजि विद्यालयका सञ्चालकहरुले असहमति जनाएका छन् । उनीहरुले आजबाट आन्दोलन सुरु गरेका छन् । यस्तै सामुदायिक विद्यालयका शिक्षकहरुले पनि आन्दोलन घोषणा गरेका छन् ।