
विदुर । विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई कडाइ गर्ने गरी व्यवस्था गर्न लागिएको भन्दै प्याब्सन र एन प्याब्सनले आज पनि आफ्नो आन्दोलनलाई जारी राख्ने भएका छन् । प्याब्सन केन्द्रको आन्दोलन अन्तर्गत जिल्ला प्याब्सन नुवाकोटले आज बस र्याली आयोजना गर्ने तयारी गरेको छ ।
प्याब्सन विदुरका अध्यक्ष रामराजा कुमालले दिनुभएको जानकारी अनुसार बिहान ठिक ११ बजे राज्यले निजि बिद्यालयको लागि गर्न खोजेको गलत निर्णयको खबरदारीको लागि जिल्लाका सबै नीजि विद्यालयका सञ्चालकहरु तयारी अवस्थामा रहेका छन् । बिहान ११ बजे गगटेबाट र्यालीी शुरु भइ देविघाटहुँदै पुन ः फर्केर पिपलटार बट्टार – बिदुर हुँदै त्रिशुली पुगेर र्याली प्रदर्शन गरिनेछ ।
विधेयकमा पूर्ण छात्रवृत्ति शब्द राख्न नहुने, पूर्ण छात्रवृत्ति दिन नसकिने, गैरनाफामूलक बनाउन नहुने, छात्रवृत्ति वितरण गर्दा अधिकार सम्बन्धित विद्यालयमा हुनुपर्ने, निजीका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति दिन नहुनेलगायत माग प्याब्सन र एन प्याब्सनले राखेका छन्।
भदौं ९ गतेसम्म आफूहरुले उठाएका विषय सम्बोधन नभएको खण्डमा ९ गतेबाट अनिश्चितकालिन विद्यालय हड्ताल गर्ने कार्यक्रम समेत प्याब्सनले सार्वजनिक गरिसेको छ । यसअघि बिहीबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो ।उता संसदीय समितिले भने हिजो विधेयकलाई पूर्णता दिएको छ ।