
थानापति । सरकारले माध्यमिक विद्यालय शिक्षा स्थानीय तहमार्फत सञ्चालन गर्ने नीति लिएसँगै गाउँ गाउँमा रहेका सामुदायिक विद्यालयहरुको अवस्था पनि पछिल्लो समय अब्बल बन्दै गएको छ ।
यसै क्रममा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं ८ थानापतिमा रहेको श्री जनज्ञान निकेत माध्यमिक विद्यालयले पछिल्ला वर्षहरुमा उत्साहजनक रुपमा सफलता हासिल गरेको छ । विद्यालयमा स्थानीय सरकारको सहयोगसँगै प्रशासनिक तथा र व्यवस्थापकीय नेतृत्व समक्ष रहेसँगै सामुदायिक विद्यालयलाई पनि अब्ब बनाउन सकिन्छ भन्ने उदाहरण उक्त विद्यालयले दिन सफल भएको छ ।

विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछाने
विद्यालयले २०८१ सालमा भएको एसइई परीक्षामा शिवपुरी गाउँपालिकाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद लामिछानेले दिनुभएको जानकारी अनुसार २६ जनाले एसईई परीक्षा दिएकोमा २४ जना उत्तीर्ण अर्थात ,ग्रेडेड, भएका छन् । विद्यार्थीको संख्या र प्रतिशतका हिसाबले जनज्ञान निकेत मावि उक्त पालिकाका उत्कृष्ट विद्यालयमा परेको छ । प्रतिशतका हिसावले जनाज्ञानले ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थी मध्ये २ जनाले ,ए, ल्याउन सफल भएका छन् । अझै पूर्वीभेगमा रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालयमाको नतिजा हेर्दा जनज्ञानको नतिजा उत्कृष्ट देखिन्छ । यस्तै हालै प्रकाशित कक्षा १२ को नतिजामा पनि उसले ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गर्दै कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ गरेको छ ।

कक्षा १२ का विद्यार्थीलाई बिदाइ गर्दै वडा नं ८ का वडा अध्यक्ष केशव रिजाल, साथमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सिटौला, विद्यालयका प्रधानाध्यपाक अर्जुनप्रसाद लामिछानेसहितका अतिथिहरु
विद्यालयले कक्षा ११ मा व्यवस्थापन र शिक्षा संकाय सञ्चालन गरिरहेको छ । विद्यालयमा बसको समेत व्यवस्था भएकाले शिवपुरीसँगै लिुख गाउँपालिकाका विद्यार्थीभित्रका केही वडाका विद्यार्थीहरु समेत अध्ययनका लागि आउने गरेका छन् । विद्यालयमा आवश्यक भौतिक संरचनासहित आवश्यक पर्ने खेल मैदान , क्यान्टिनसहितको सुविधा रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सिटौलाले विद्यालयका प्रधानाध्यापक लगायतका दक्ष र अनुभवि शिक्षकहरुको योगदानका कारण विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा विद्यालयलाई अझ स्तरीय बनाउन लागिपरेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक लामिछानेको नेतृत्वको प्रशासनिक तहले विद्यालय सञ्चालनमा समेत कडाई गरेको छ । विद्यालयमा बिहान साढे ९ बजे प्रवेश गरेसँगै ४ बजेपछि मात्रै विद्यालय कम्पाउण्डबाट बाहिरने व्यवस्था रहेको छ । विद्यार्थी विद्यालयमा प्रवेश गरेपछि उनीहरुको जिम्ममा हामीसँग हुने भएकाले हामी अति आवश्यकता परे मात्रै बाहिर जान दिन्छौं, खाजाको लागि क्यान्टिन र र खेल्नको लागि चौर प्रयापत रहेकाले विद्यार्थी कुनै पनि कुरामा बाहिर जानुपर्ने आवश्यकता छैन्, कक्षा कोठामा नै बसेर पढ्ने व्यवस्था मिलाएका छौं, विद्यालयका प्रअ लामिछानेले नुवाकोट पुकारसँग भन्नुभयो, उहाँले कुनै पनि विषय शिक्षक नभएपनि कक्षा खाली नहुनेगरि शिक्षकको व्यवस्था गरेको जानकारी दिनुभयो, हामीले विद्यार्थी रुटिड. अनुसार विषय शिक्षक नभएपनि अर्को शिक्षक व्यवस्था गरेर कक्षा नियमित गर्ने गरेका छौं, लामिछानेले भन्नुभयो , ।

कक्षा १२ विद्यार्थीलाई मायाको चिनोसहति बिदाइ गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि सिटौला ।
उहाँले शिक्षकहरुलाई तालिम दिनेदेखि हरेक कुरामा सक्रिय बनाएका कारण विद्याथी र शिक्षकबीचको सम्बन्ध समेत सुमधुर रहने र पारिवारिक वातावरण कक्षा सञ्चालन हूँदा विद्यार्थीमा पढ्ने वातावरण तयार हुने भएकाले विद्यार्थीमाथि कुनै प्रकारको समस्या नभएको समेत उल्लेख गर्नुभयो ।
शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलीयाले गाउँपालिकाले पालिकाभित्रका सामूदायिक विद्यालयलाई गुणस्तरीय बनाउनका लागि ठुलो मेहनत गर्दै आएको बताउनुभयो । मेरो उदेश्य भनेको शिक्षामा सुधार आउनुपर्दछ र सामूदायिक विद्यालयले पनि चाहे भने संस्थागतसरह बन्न सक्छन् भन्ने मान्यता हो,म त्यहि बाटोमा लागिरहेको छ, अहिलेसम्म सबै विद्यालयबाट समेत सहयोग पाएको छु थपलीयाले नुवाकोट पुकारसँग भन्नुभयो, ।
२०१६ सालमा स्थापना भएको जनज्ञान निकेतन मावि २०३२ सालमा निमावी र २०३६ सालमा माध्यमिक विद्यालयको रुपमा सञ्चालनमा आएको थियो । विद्यालय तारा पाठक,महेश शिलवालसहितका प्रधानाध्यापकहरुले विद्यालयलाई यो अवस्थामा लयाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उक्त विद्यालयमा हाल कक्षा १२सम्म करिब ५ सयको हाराहारीमा विद्यार्थी अध्ययनरत रहेका छन् । साथै विद्यालयमा प्राविधिक धारतर्फ कृषि जेटिएको समेत अध्यापन हूँदै आएको छ भने सोही भवनमा स्नातहक तह अन्तर्रगत बीबीएस र बिएडको पनि अध्यापन गरिदै आएको छ । शिवपुरी गाउँपालिकाभित्र ११ माध्यमिक विद्यालय रहेका छन् ।
तस्बिर ः नुवाकोट पुकार डटकम