
सरकारले ल्याउन लागेको विद्यालय शिक्षा विधेयकमा आफ्ना माग पूरा गराउन नुवाकोट प्याब्सनले नुवाकोटमा आयोजना गरेको बस र्याली , तस्बिर,रामराजा कुमाल,विदुर प्याब्सन
विदुर । विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई कडाइ गर्ने गरी व्यवस्था गर्न लागिएको भन्दै प्याब्सन र एन प्याब्सनले आज पनि आफ्नो आन्दोलनलाई जारी राख्ने भएका छन् । प्याब्सन केन्द्रको आन्दोलन अन्तर्गत जिल्ला प्याब्सन नुवाकोटले आज बस र्यालीको आयोजना गरेको छ ।
बिहान ११ बजे गगटेबाट विद्यालयका बसकासाथ र्याली आयोजना गरिएको थियो । गगटेबाट शुरु भएको र्याली देविघाट पुगेर पुन ः फर्केर पिपलटार – बट्टार – बिदुर हुँदै त्रिशुली पुगेर समापन गरिएको थियो । सो अवसरमा जिल्लाभरमा रहेका ३९ निजी विद्यालयहरुका ६० भन्दा बढि सवारीसाधानको प्रदर्शन गरिएको थियो । विद्यालयका गाडीहरुलाई प्रहरलिे स्कटिड. समेत गरेको थियो ।
र्यालीपछि प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले सरकारले निजी शैक्षिक संस्थालाई धरासायी बनाउन गरि ल्याइएको विधेयक आफूहरुलाई मान्य नहुने बताउनुभयो । उहाँले सरकारले आफूहरुको माग सुनुवाई नगरेको खण्डमा आन्दोलनालई अझ कडा रुपमा अघि बढाउने चेतावनी दिनुभयो ।
सरकारले ल्याउन लागेको विधेयकमा पूर्ण छात्रवृत्ति शब्द राख्न नहुने, पूर्ण छात्रवृत्ति दिन नसकिने, गैरनाफामूलक बनाउन नहुने, छात्रवृत्ति वितरण गर्दा अधिकार सम्बन्धित विद्यालयमा हुनुपर्ने, निजीका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति दिन नहुनेलगायत माग प्याब्सन र एन प्याब्सनले राखेका छन् ।
भदौं ९ गतेसम्म आफूहरुले उठाएका विषय सम्बोधन नभएको खण्डमा ९ गतेबाट अनिश्चितकालिन विद्यालय हड्ताल गर्ने कार्यक्रम समेत प्याब्सनले सार्वजनिक गरिसकेको छ । यसअघि बिहीबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो । उता संसदीय समितिले भने हिजो विधेयकलाई पूर्णता दिएको छ ।