
काठमाडौं । स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ७५३ वटै स्थानिय तह मध्ये धादिङको नीलकण्ठ नगरपालिका प्रथम हुन सफल भएको छ । धादिङको नीलकण्ठ नगरपालिकाले ९३.५०अंक सहित २०८०।०८१ को नतिजामाप्रथम हुन सफल भएको हो ।
नीलकण्ठ नगरपालिकाको नगर प्रमुख भीम ढुंगानाको नेतृत्वमा रहेको नगरपालिकाले संघीय संरचना अनुसारका अधिकांश मापदण्ड पूरुा गर्दै देशभर रहेका ७५३ पालिकाहरुमा पहिलो स्थान हासिल गरेको छ । यस्तै दोस्रोमा खैरहनी नगरपालिका चितवन भएको छ । उसले ९२.७५ अंक ल्याउन सफल भएको छ । तेस्रोमा धादिङको बेनीघाट रोराड. गाउँपालिका रहेको छ । उसले ९१.७५ अंकका साथ तेस्रो भएको छ । लुम्बिनी प्रदशेको तिलोतमा नगरपालिकाले ९१.७५ अंकका साथ देशभरका चौथो नगरपालिका बन्न सफल भएको छ ।
पाँचौंमा देवदह नगरपालिका रहेको छ । उसले ९०.७५ अंक प्राप्तगरेको छ । छैटौं सुर्योदय नगरपालिका इलामाले ९०.५०,सातौमा ईलाम नगरपालिका ९०.आठौंमा रुरु क्षेत्र गाउँपालिका गुल्मी,९०,नबौंमा बाणगंगा नगरपालिका कपिलबस्तुले ८९.७५,दशौंमा रत्ननगर नगरपालिका चितवनले ८९ र ११ औंमा अर्जुन चौपारी गाउँपालिका स्याड्जाले रहेको छ । उसले ८८.७५ अंकका साथ ११ स्थान प्राप्त गरेको छ ।
स्थानीय तहहरूले सम्बन्धित विषयगत क्षेत्रका नीतिगत व्यवस्था, कार्यसंचालन प्रक्रिया तौरतरिका, वित्तीय अवस्था, सार्वजनिक सेवा प्रवाहको अवस्थालगायत सबै विषयगत क्षेत्रहरूमार्फत संस्थागत सबलता, सुधारात्मक पक्षहरूलाई आफूले गरेको प्रगतीका आधारमा स्वमुल्याड.कन गर्दछन् । उक्त स्वमुल्याड्.कन अनुसार भए नभएको संघीय सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको प्रतिवेदन हेरेर नम्बर प्रदान गर्ने गर्दछ । सोही आधारमा नै पालिकाको स्तर निर्धारण गर्ने व्यवस्था रहेको छ ।
मुख्यत स्वमुल्यांकनमा शासकीय प्रवन्ध,संगठन तथा प्रशासनवार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन,सेवा प्रवाह ,न्यायिक कार्य सम्पादन,भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा विपद व्यवस्थापनलाइए आधार मान्ने गरिएको छ । आज एक कार्यक्रमकाबीच भगवती न्यौपानेले उत्कृष्ट ११ नगरपालिकालाई प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो ।