
नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित वडा न.१ मा रहेको भवानी माध्यमिक विद्यालयका शिक्षक सन्तोष सापकोटालाई हटाउने निर्णयको चौतर्फी विरोध भएपछि पुर्नबहाली गरिएको छ ।

राहत शिक्षक संघ केन्द्रीय सदस्य दिपक अधिकारीको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाइ शिक्षक पुनर्बहालीका लागि ज्ञापनपत्र बुझाउँदै
विद्यालयमा राहत शिक्षकका रुपमा कार्यरत विज्ञान शिक्षक सापकोटाले परिक्षणकालभित्र चित्तबुझ्दो काम गर्न नसकेको भन्दै उनलाई विद्यालयले हटाउने निर्णय गरेको थियो ।
तर नेपाल राहत शिक्षक संघ केन्द्रीय समिति, तथा राहत शिक्षक जिल्ला कार्यसमिति नुवाकोटको लगायतका शिक्षकसँग आवद्ध संघ संस्थाहरुले चर्को विरोध गरेपछि विद्यालयले बाध्य भएर आज उनको पुनर्बहाली गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापत्र चिनिया काजी श्रेष्ठले पुनर्बहाली गरिएको पत्र दिएका छन् । चौतर्फी आक्रोशपछि समेत गाउँपालिकाले पुनर्बहाली गर्न निर्देशन दिएको बताइएको छ ।