
काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कसैको दबाबमा परेर देशको स्वाधीनतामाथि सम्झौता गर्न नहुने बताएका छन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा फ्रेन्ड्स अन क्लाउड : प्ल्याटफर्म अफ इन्फ्लुएन्सर्स नेपालले काठमाडौंमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणक्रममा नेपाली भूमि लिपुलेकमा दुई देशले व्यापार मार्ग खोल्न गरेको सम्झौतामा स्पष्ट अडान राख्नुपर्नेमा उनले जोड दिए । उनले नेपाललाई भारतले त्यसबारेमा दबाब दिन सक्ने भन्दै देशको स्वाधीनतामा आँच आउने कुनै काम नगर्न सुझाव दिए ।
चीन नेपालमाथि कुनै समस्या खडा गर्ने पक्षमा नरहेको उनले बताए । तर, भारत नेपालमा अस्थिरता र नियन्त्रणमुखी भूमिकामा देखिएको उनले टिप्पणी गरे ।
०७२ सालमा पनि यस्तै सम्झौता गरिँदा आफू परराष्ट्रमन्त्री रहेको र कूटनीतिक नोट पठाइएको उनले स्मरण गरे ।