
काठमाडौं । चर्चित गायिका एलिना चौहानले तिजमा श्रीमानको आयु बढाउन भन्दा पनि आफ्नो आयु बढाउनका लागि व्रत बस्नुपर्ने रहेछ भन्दै सन्देश प्रवाह गरेकी छिन् ।
सामाजिक सञ्जाल फेसबुकमा सोमबार साँझ ९ बजे एक स्टाटस लख्दै उनले भनेकी छिन्,ः मैले पुजेर जल खाएका तिम्रा खुट्टा, मेरो छातीमा बजारिए,त्यसपछि था भयो,तिजको व्रत आफ्नो आयु बढाउन बस्नुपर्ने रहेछ । उनको यो भनाई आफ्नै जीवनलक्षित रहेको बुझ्न सकिन्छ ।
उनले गत वर्षमात्रै अष्टेलिया निवासी विष्णु सापकोटासँग विवाह गरेको नौ महिनामा नै सम्बनध विच्छेद गरेकी थिईन । उनी अहिले एक्लै रमाउँदै आएकी छिन् ।
उनले आफ्नो नयाँ जीवन कसरी अगाडि बढाउने भन्ने विषयमा अहिले नै नयाँ सोच बाहिर भने ल्याएकी छैनन् । एलिनाले गाउँले गीत समेत आफ्नै जीवनमा मेल खाने खालमा रहेका छन् । तर दर्शकले भने उनका गीत धेरै मन पराउँदै आएका छन् ।