
१० भदौ, काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा मनोनयन दर्ता आज हुँदैछ । समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिन्छ ।
मनोनयन दर्ताको समय आज मंगलबार दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि बुधबार दिउँसो १ बजे निर्वाचन गर्ने तालिका छ । राज्य व्यवस्था समिति सभापतिको पद साउन २८ गतेदेखि खाली छ । तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो