
विदुर । नुवाकोट जिल्ला ककनी गाउँपालिका–२, काउलेस्थित पासाङ ल्हामु सडकखण्डमा मंगलबार (आज) दिउँसो करिब १२.४० बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार काठमाडौँबाट रानीपौवा तर्फ जाँदै गरेको बा.प्र. ०२–०५५ प ५१४४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खोल्सामा खसेको थियो।
दुर्घटनामा इलाम जिल्ला माईजोगमाई गाउँपालिका–५ बस्ने अन्दाजी ४५ वर्षीय किरण राई गम्भीर घाइते भएका थिए। टाउको र मुखमा गहिरो चोट लागेकाले उनलाई उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल पठाइएको थियो। अस्पतालमा उपचारकै क्रममा आज दिउँसो १.४५ बजे राईको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।