
काठमाडौं । नुवाकोट जिल्लामा माओवादी केन्द्रले नेतृत्व गरेका पालिकाहरु उत्कृष्ट बन्न सफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ को स्थानीय तह संस्थागत क्षमता स्वःमूल्याङ्कन (लिसा)मा नुवाकोट जिल्लाबाट माओवादीले नेतृत्व गरेका पालिकाहरु उत्कृष्ट बन्न सफल भएका छन् ।
१२ पालिका रहेको नुवाकोट जिल्लामा सबै भन्दा पल्लो भेगमा रहेको र दुर्गम मानिएको दुप्चेश्वर गाउँपालिका पहिलो बन्न सफल भएको छ । दुप्चेश्वर गाउँपालिकाले ८४.७५ अंक ल्याएको छ । दुप्चेश्वरमा माओवादी केन्द्रबाट शंकर थापाले गाउँपालिकाको अध्यक्षका रुपमा नेतृत्व गर्दै आउनु भएको छ ।
यस्तै ककनी गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ । ककनीले ८१.७५ अकं ल्याएको छ भने तेस्रोमा पञ्चकन्या गाउँपालिका रहेको छ । पञ्चकन्याले ७८.७५ अंक प्राप्त गरेको छ । नुवाकोटमा नै सबैभन्दा कम अंक ल्याउनेमा तारकेश्वर गाउँपालिका रहेको छ । तारकेश्वर गाउँपालिकाले जम्मा ४९.५० मात्रै अंक ल्याएको छ । यस्तै नुवाकोट जिल्लामा एउटा मात्रै पालिका नेतृत्व गर्ने अवसर पाएको एमालेले नेतृत्व गरेको किस्पाङले ७७.२५ अंक प्राप्त गर्दै चौथो बन्न सफल भएको छ ।
किस्पाड.मा एमालेले नेतृत्व गरेको भएपनि गाउँपालिका अध्यक्ष आर्थिक मामिलामा विवादित भएकाले उनी कम मात्रै पालिकामा जाने गरेका छन् । किस्पाड.मा धेरैजसो माओवादीबाट उपाध्यक्षमा निर्वाचन अर्जुन न्यौपानेले कावा अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् ।
यस्तै पाँचौँमा पनि माओवादी केन्द्रबाट निर्वाचित बेलकोटगढी नगरपालिका परेको छ । बेलकोटगढीले ७५.५० अंक प्राप्त गरेको छ । बेलकोटगढीमा मेयर जगत बहादुर लामा माओवादीको भएपनि त्यहाँ भने कांग्रेसले उपमेयरसहित बहुमत कार्यपालिका सदस्य जितेको छ । बेलकोटगीमा भने कांग्रेस र माओवादीको संयुक्त प्रयासबाट यो नजिता ल्याउन सफल भएको मानिन्छ । विदुर नगरपालिकाले ७२.२५ र शिवपुरी गाउँपालिकाले ७०.५० अंक प्राप्त गरेको छ ।
यस्तै तादी गाउँपालिकाले ६९.७५, लिखु गाउँपालिकाले ६८.५०, सूर्यगढी गाउँपालिकाले ६२.५०, म्यागङ गाउँपालिकाले ५९.७५ र तारकेश्वर गाउँपालिकाले ४९.७५ अंक प्राप्त गरेको नतिजामा उल्लेख छ । स्थानीय तहहरूले सम्बन्धित विषयगत क्षेत्रका नीतिगत व्यवस्था, कार्यसंचालन प्रक्रिया तौरतरिका, वित्तीय अवस्था, सार्वजनिक सेवा प्रवाहको अवस्थालगायत सबै विषयगत क्षेत्रहरूमार्फत संस्थागत सबलता, सुधारात्मक पक्षहरूलाई आफूले गरेको प्रगतीका आधारमा स्वमुल्याड।कन गर्दछन् ।
उक्त स्वमुल्याड्।कन अनुसार भए नभएको संघीय सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुको प्रतिवेदन हेरेर नम्बर प्रदान गर्ने गर्दछ । सोही आधारमा नै पालिकाको स्तर निर्धारण गर्ने व्यवस्था रहेको छ । मुख्यत स्वमुल्यांकनमा शासकीय प्रवन्ध,संगठन तथा प्रशासनवार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन,सेवा प्रवाह ,न्यायिक कार्य सम्पादन,भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा विपद व्यवस्थापनलाइए आधार मान्ने गरिएको छ ।