
काठमाडौं, भदौ १२ । । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले हात पार्न सफल भएकी छन ।
आयोजक संस्था ‘द हिडन ट्रेजर’ले आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो ।
काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए ।