
१५ भदौ, काठमाडौं । दसैँका लागि नयाँ नोट यही भदौ २९ गतेदेखि साट्न पाइने भएको छ।नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचना अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकुपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सहटी गर्न सकिनेछ ।
यस्तै, इजाजत प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट सर्वसाधारणका साथै संघरसंस्थालाई कारोबारको समयमा नोट सटही हुनेछ । नेपालीहरुले बडा दशैंका लागि नयाँ नोटको खोजी गर्ने गरेका छन् । राष्ट्र बैंकले विगतदेखि नै आम उपभोक्ताका माग अनुसार नयाँ नोटको व्यवस्था गर्दै आएको छ ।