
विदुर । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिबाट पारित भएको विधेयक सच्याउन दावाव दिँदै निजी विद्यालय सञ्चालकहरूले आज नुवाकोटमा ब
र्याली निकालेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमए संयुक्त रूपमा गर्दै आएको आन्दोलन स्वरुप आज नुवाकोट जिल्लामा पनि बस र्याली निकालिएको छ । प्याब्सन विदुरका अध्यक्ष रामराजा कुमालले सरकारलाई दवाव दिन विरोधका कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
प्याब्सनको आयोजनामा निजी विद्यालयका बसको र्याली निकालिएको छ । र्याली गगटेबाट बट्टार हूँदै विदुरसम्म पुगेर समापन गरिएको थियो । विदुरमा भने सडकमा गाडी तेर्साइएका कारण केही समय यातायात अवरुद्ध बनेको थियो ।
र्यालीमा प्याब्सनका अध्यक्ष पुरुषोत्तम अधिकारी, विदुर प्याब्सनका अध्यक्ष रामराजा कुमालसहित प्याब्सनका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।
प्याब्सनले सरकारले ल्याउन लागेको विधेयकमा क्रमश ः गैरनाफामुलक भन्ने शब्द हटाउनुपर्ने, छात्रवृत्ति विद्यालय आफैले तोक्नु पाउनुपर्ने लगाययतका विषय उठाएर आन्दोलन गर्दै आएका छन् ।
उनीहरुले आफूहरुले उठाएका माग समबोधन नभए भदौं १८ गतेबाट विद्यालयको चावी सरकारलाई बुझाएर विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।प्याब्सनसहित निजी विद्यालयका सञ्चालकहरुलगातार भदौं ९ गतेदेखि आन्दोलित रहेका छन् ।



तस्बिरः नुवाकोट पुकार