
समुन्द्रटार । दुप्चेश्वर गाउँ पालिका ३ सरमथलीमा आइतबार राती गएको पहिरो स्थलमा पुगेर नेपाली कांग्रेसका नेताहरुले अवलोकन गरेका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसी, कांग्रेस नेता जगदीश्वरनरसिंह केसी, सरोज केसीसहित स्थानीय जनप्रतिनिधिहरुको टोलीले पहिरो गएको स्थलको अवलोकन गरेका छन् ।
सडकमा काम गरिरहेको ठेकेदार कम्पनीले सडक पन्छाउने काम गरिरहेको र अबको केही समयमा नै सडक खुल्ने दुप्चेश्वर गाउँपालिका अध्यक्षशंकर थापाका स्वयिक सचिव भुविन्द्र थापाले जानकारी दिए ।

पहिरोको अवलोकनपछि कांग्रेस नेता केसीले सम्बिन्धत तह अर्थात स्थानीय पालिका र सरकारले उक्त विद्यालय र बस्तीको जोखिम हटाउनस्थायी समाधानका उपाय खोज्न आग्रह गर्नुभएको छ।
आइतबार लगातार परेको बर्षातका कारण उक्त क्षेत्रमा पहिलो जाँदा स्थानीय भगवान मावी चौर बगेर समुन्द्रटार – राउतबेसी सडकमा समेत क्षति पुर्याएको स्थानीयहरुले बताएका छन् । पहिरोका कारण कुमार थापा,गोकर्ण थापा, पाण्डव थापा, हरिशरण थापाको घर पूर्ण जोखिममा परेको छ । पहिरोका कारण उक्त सडक सूचारु हुन सकेको छैन । अबको केही समयमा नै सडक सूचना हुने स्थानीयहरुले बताएका छन् ।