
थियानजिन (चीन) । शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङ र गणतन्त्र मालदिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुसँग चीनको थियानजिनमा दुई पक्षीय भेटवार्ता गर्नुभएको छ ।

