
बेलकोटगढी वडा नं ५ केउरेनी हुँदै धादिङको गल्छी गाउँपालिका–१ फोस्टार, कोशीखोला हुँदै जिल्ला सदरमुकाम पुग्ने सडकको अवस्था यस्तो बनेको छ । जहाँ एउटा गाडी मुुश्किलले पार हुन सक्छ । यहाँ अहिकति तलमागि भए ठुलो दुर्घटना हुने सम्भावना देखिन्छ ।
धादिङ । बर्खायाम चलिरहेका बेला गाउँ गाउँका सडकहरु बाढी र पहिरोका कारण जीर्ण बन्दै गएका छन् । मुख्य राजमार्गहरुमा हुने सडकको क्षतिका बारेमा सरकारी निकायबाट चासोकासाथ हेरिने भएपनि गाउँ गाउँमा भत्किएका सडक दुरावस्थामा पुग्दा पनि सरकारी तहबाट चासो देखाइएको पाँइदैन् ।
लामो समयदेखि यस्तै बनेको र नुवाकोट र धादिड. जोड्ने एक सडक । दुई जिल्लाको व्यापारिक मार्गका रुपमा समेत रहेको उक्त सडकमा दैनिक त्रासदीपूर्ण यात्रा गर्न यात्रूहरु बाध्य हूँदै आएका छन् । बेलकोटगढी वडा नं ५ केउरेनी हुँदै धादिङको गल्छी गाउँपालिका–१ फोस्टार, कोशीखोला हुँदै जिल्ला सदरमुकाम पुग्ने सडकको अवस्था जीर्ण बनेको हप्तौ हुँदा पनि सम्बनिधत निकायले चासो देखाएको छैन् ।
नुवाकोटको केउरिनीबाट गल्छी गाउँपालिका–१ फोस्टारहूदै नीलकण्ठ नगरपालिका खाल्टे, सुनौलाबजार, धादिङबेसी र बगुवा हुँदै तारुका जोड्ने सडकको अवस्था दिनानुदिन जीर्ण बन्दै गएपछि यात्रुहरूले उच्च जोखिममा परेको भन्दै त्यसको मर्मतमा सम्बिन्धत तहले चासो नदेखाएको भन्दै गुनासो गरेका छन् ।
त्रिशुली नदी पार गरेर जाने यस मार्गका विभिन्न खण्ड भत्किँदा र समयमै मर्मत नहुँदा दुर्घटनाको खतरा बढेको स्थानीय बासिन्दा र यात्रुहरूले बताए । तर लामो समयसम्म मर्मत नभएकाले यात्रुहरूको सुरक्षासँगै स्थानीयको जीविकोपार्जन पनि प्रभावित भएको छ ।
सोही क्षेत्रमा बस्ने स्थानीय नवीन राज ढुंगानाले यस सडकलाई नुवाकोट सदरमुकाम विदुर र सङ्घीय राजधानी काठमाडौँ पुग्ने छोटो दूरीको मार्गको रूपमा चिनिँदै आएको बताए ।
स्थानीयहरुले सडक मर्मतका लागि नीलकण्ठ नगरपालिका, गल्छी गाउँपालिका, बेलकोटगढी नगरपालिका, तार्केश्वर गाउँपालिका तथा प्रदेश सरकारसँग पटक–पटक आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो समेत गरेका छन् । सडकको अवस्थालाई तत्काल मर्मत नगर्ने हो भने कुनै पनि यातायात दुर्घटना हुने सम्भावना धेरै छ, यसप्रति स्थानीय सरकार चनाखो बनोस् एक स्थानीयले नुवाकोट पुकारसँग भने,
बेलकोटगढीका एक जनप्रतिनिधिले भने बजेटको अभावमा गाउँ गाउँका सडक मर्मत गर्न नसकिएको बताए । उनले भने, गाउँमा जथाभावी सडक खनिएका छन् बर्खाले बगाउँछ हिउँदामा हामी बनाउँछौं, यहि क्रम चलिरहेको छ तर त्यसले प्रतिफल पाउन भने पूर्ण रुपमा नालीसहितको पक्की सडक नै बन्नुपर्दछ त्यो नभएसम्म अवस्था यस्तै हुन्छ ।