
१६ भदौ, काठमाडौं । यतिबेला अन्तर्राष्ट्रिय बजारमै सुन महँगिदा नेपाली बजारमा प्रभाव पनि त्यसको प्रभाव परेको छ । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३४८० अमेरिकी डलर हाराहारी पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुनको माग बढेको छ । मुख्यतः दुई कारणले सुनको भाउ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पहिलो हो अमेरिकी केन्द्रीय बैंकले ब्याज कटौती गर्ने अनुमान । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले सेप्टेम्बरको मध्यतिर हालको सन्दर्भ ब्याजदरलाई ०।२५ प्रतिशत विन्दुले घटाउने चर्चा चलेको छ । यहीं अनुमानले लगानीकर्तामा सुनतिर आकर्षण बढ्न गएको सीएनबीसीले उल्लेख गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्याजदर कटौतीका लागि केन्द्रीय बैंकलाई दबाब दिइरहेका छन् ।
जुलाइ महिनामा अमेरिकाको उपभोक्ता मूल्यवृद्धि २.६ प्रतिशतमा रहेकाले केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने सम्भावना बढेको छ । जसको प्रभावका कारण नेपाली बजारमा पनि सुनको मुख्य आकाशिएको छ ।