
नुवाकोट, भदौ १६ । नुवाकोटको विदुर नगरपालिका–५ जाल्पा मन्दिरस्थित त्रिशूली नदीमा एक महिला हामफालेर बेपत्ता भएकी छिन्।
सोमबार साँझ करिब ५.३० बजे विदुर नगरपालिका–८ खुर्सानीखोला बस्ने ५१ वर्षीया उमादेवी भट्ट त्रिशुली नदीमा हामफालेकी प्रहरीले जानकारी दिएको छ। बेपत्ता महिलाको पहिचान उनका श्रीमान् रामप्रसाद भट्टले पछ्यौरा र चप्पलका आधारमा गरेका हुन्। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।