
भदौ, रसुवा । उत्तरी हिमाली जिल्ला रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना हुँदा तीन दिनदेखि बेपत्ता भएका दुई युवकको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाले दिएको जानकारी अनुसार भदौ १५ गतेदेखि सम्पर्कविहीन रहेका गोसाइकुण्ड गाउँपालिका–६ ठाडे निवासी २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङलाई मंगलबार मृत अवस्थामा भेटिएको हो। उनीहरू एएए–३८१७ नम्बरको मोटरसाइकलमा धुन्चेतर्फ गएका थिए।
आफन्तले खोजीका लागि जिल्ला प्रहरी कार्यालय रसुवामा निवेदन दिएको भोलिपल्ट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो।
श्रीनाथ गण धुन्चेमा जडान गरिएको सीसीटीभी फुटेजमा उनीहरू भदौ १५ गते राति करिब १० बजे धुन्चेबाट ठाडेतर्फ गइरहेको देखिएको थियो। घटनास्थलको प्रारम्भिक अध्ययनअनुसार मोटरसाइकल सडकबाट करीब २५० मिटर तल खोलामा खसेको अनुमान गरिएको छ। एक शवलाई रोप रेस्क्यु विधिबाट निकाल्ने कार्य गरिएको छ । यो समाचार तयारपार्दासम्म दुवै शव देखिएको तर निकालि सकिएको छैन् । घटन ाबारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।