
१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले माओवादीले सरकारले फेसबुक लगायतका समाजिक सञ्जाल बन्द गर्ने निर्णयले समाजलाई अस्तव्यस्त बनाउने भन्दै त्यसको समेत विरोध गर्ने जनाएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यस्तै बैठकले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ । वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष सुरु गर्ने गरी तयारी गरेको हो । जनताका मागहरू सम्बोधन नगरेको, सुशासनको मामला कमजोर भएको छ, भ्रष्टाचार झन्झन् बढेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्नुभएको विकल्प नभएको बताउनुभयो ।
उहाँले अहिले वर्षा पनि छ र चाडबाड आउन लागेको भन्दै दशै तिहारपछि सडक संघर्षको तयारी गर्ने बताउनुभयो । प्रवक्ता सापकोटाका अनुसार बैठकले मध्यपहाडी लोकमार्गमा २१ भदौदेखि पार्टीको अभियान पुनः सुरु गर्ने निर्णय समेत गरेको छ । यस्तै